शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो रह्र्याे नेपाली बजारमा साताभर सुनको मुल्य

शुक्रबार, ०५ माघ २०७४, ११ : २८
शुक्रबार, ०५ माघ २०७४

काठमाडौं -नेपाल सुनचादी व्यवासायी महासंले जनाए अनुसार छापावाला सुन ५६ हजार ८ सय तेजावी सुन तोलामा ५६ हजार ५ सयमा कारोबार भईरहेको छ । 
हिजो र आजको मुल्यमा खासै परिवर्तन भएको छैन् ।
 साताको पहिलो दिन आईतबार छापावाला सुन तोलामा ५७ हजारमा कारोबार भएको थियो । तेजावी सुनको मुल्य ५६ हजार ७ सय मा कारोबार भएको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । 
साताको दोश्रो दिन सोमबार पनि सोही मुल्य कायम रह्र्याे भने साताको तेश्रो दिन मंगलबार तोलामा २ सय बढेको थियो । छापावाला सुन तोलामा ५७ हजार २ सय र तेजावी सुन तोलामा ५६ हजार ७ सयमा कारोबार भएको थियो यो मुल्य साताको सबै भन्दा बढी मुल्य हो । 
यस्तै साताको चौथो दिन अर्थात बुधबार पनि मंगलबारको मुल्यनै कायम रहेको थियो । बिहिबार भने सुनको मुल्य घटेर छापावाला सुन ५६ हजार ८ सय र तेजावी सुन ५६ हजार ५ सयमा कारोबार भएको थियो । 
चादीको मुल्यमा भने यो खासै परिवर्तन भएको छैन् । तोलामा १० रुपैयाँ सम्म खासै घटबढ भएको देखिन्छ । चादीको मुल्य तोलामा ७ सय ५० देखि ७ सय ६५ सम्म कायम रहेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप