बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चलचित्रमा भूमिका पाउन यौन शोषणको शिकार भए यी बलिउड अभिनेत्री

शुक्रबार, ०५ माघ २०७४, ११ : ०७
शुक्रबार, ०५ माघ २०७४

मुम्बई – बलिउड जति आकर्षणको केन्द्र बनेको छ, त्यो भित्र त्यति नै पीडाहरु पनि गुम्सिएका छन् । बलिउडका बिषयमा कयौँपटक यस्ता कुराहरु बाहिर आएका छन् जसलाई विश्वास गर्न जो कोहीलाई पनि कठिन हुने गर्दछ । आज चलचित्र क्षेत्रको त्यस्तो घृणित सत्यतालाई बाहिर ल्याउने कोसिस गरिएको छ जसलाई चलचित्र क्षेत्रले ‘कास्टिङ काउच भन्ने गरेको छ । कयौँ अभिनेत्रीहरु यसको शिकार भएका छन् । तर, थोरैले मात्र यसबारे खुलेर कुरा राख्ने आँट गरेका छन् ।  

कंगना रानावत 

यो लिष्टमा सबैभन्दा अगाडि कंगना पर्ने गरेकी छन् । अभिनयबाट कंगनाले ३ राष्ट्रिय पुरस्कार जितिसकेकी छन् । तर, शुरुवाती दिनहरुमा संघर्ष गरिरहँदा उनी कास्टिङ काउचको शिकार बनेकी थिइन् ।

ममता कुलकर्णी 
९० दशककी चर्चित अभिनेत्री ममता पनि यसको शिकार भएकी छन् । चलचित्र क्षेत्रका एक ठुलो निर्देशकले आफ्नो शोषण गरेको खुलासा उनले गरेकी थिइन् । 

रीना गोलान 
रीनाले बलिउड अभिनयमा त्यस्तो कमाल त देखाउन सकिनन् । तर यी अभिनेत्रीले पनि चर्चित निर्माता निर्देशक सुभाषविरुद्ध यौन शोषणको गम्भिर आरोप लगाएकी थिइन् ।  

कल्की कोचलिन 
कल्की बलिउड चलचित्र उद्योगबाट अहिले टाढा भएकी छन् । थोरै समय बलिउडमा बिताएकी कल्कीले धेरै नाम कमउन सफल भइन् । उनले पनि चलचित्र क्षेत्रमा आफ्नो शौन शोषण भएको सार्वजनिक गरेकी थिइन् । 

टिस्का चोपडा 
बलिउडका कयौ हस्तीसँग काम गरेकी छन् टिस्काले । उनले आफ्नो यौन शोषण भएको कुरा खुलासा गरेकी थिइन् । 

पायल रोहतनी :
पायल बलिउडमा खासै करियर बनाउन सफल भइनन् । उनले चलचित्रकर्मी दिबाकर बनर्जीमाथि  आफूलाई यौनशोषणको आरोप लगाएकी थिइन् । यो बिषय मिडियामा पनि चर्चा पाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप