शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आज पनि काँग्रेस बैठक, हुँदैछ के ?

शुक्रबार, ०५ माघ २०७४, १० : ४३
शुक्रबार, ०५ माघ २०७४

काठमाडौं -राष्ट्रियसभा सदस्यको उम्मेद्धार चयनका लागि डाकिएको काँग्रेसको वैठक शुक्रवार पनि वस्ने भएको छ । 
नेताहरुले निर्वाचन पराजयको विषय पनि उठान गरेपछि मूल विषयमा छलफलको लागि समय अपुग भएको भन्दै आज पनि वैठक वस्ने भएको हो ।
निर्वाचन पछि पहिलो पटक वसेको वैठकमा नेतृत्वको चर्को आलोचना भएको छ । 
विहिबार बोल्ने अधिकाँश सदस्यहरुले सभापति देउवा विधान विपरित चलेको भन्दै आपत्ति जनाए । ८५ सदस्यीय काँग्रेसको केन्द्रिय समितिका २९ जनाले विहीवार आफ्नो धारणा राखेका छन् ।

विहिवारको वैठकमा कार्य सम्पादन समिति र संसदीय समितिको भंगको माग उठेको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाको समुह देउवामाथि खनिएका थिए भने देउवा पक्षका नेताले सभापतिको वचाउ गरेका थिए ।

राष्ट्रिय सभाको उम्मेवार छनौटका विषयमा वोलाएको वैठक शुक्रवार सकिने छ । निर्वाचनको समिक्षाको लागि राष्ट्रियसभा सदस्यको निर्वाचन पश्चात् वैठक पुन वस्ने प्रवक्ता विश्व प्रकाश शर्माले वताए । 
निर्वाचन पराजयको समिक्षा वैठकले एक साता भन्दा बढि समय लिने हुँदा पुन वैठक वस्ने शर्माले वताए । वैठक ११ वजे देखि प्रधानमन्त्री निवास वालुवाटारमा वस्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप