मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : निखिलसँग सौगात र विपिनको टक्कर

शुक्रबार, ०५ माघ २०७४, १० : १२
शुक्रबार, ०५ माघ २०७४

काठमाडौं – फ्राइडे रिलिजको परम्परा धान्दै आज शुक्रबारबाट दुई नयाँ नेपाली चलचित्र प्रदर्शन आए । चलचित्र हुन् ‘पिंजडा ब्याक अगेन’ र ‘लाल पुर्जा’ । यी दुवै चलचित्र एकसाथ देशभर प्रदर्शनमा आएका हुन् । चलेका कलाकारले भरिपूर्ण यी दुबै चलचित्रका निर्माता ब्यवसाहीक लाभ लिन दाबी गर्दछन् । 

‘पिंजडा ब्याक अगेन’ 
अभिनेता निखिल उप्रेती अभिनित यो चलचित्र हिजो बिहिबार उपत्यका बाहिर र आज शुक्रबारबाट उपत्यका भित्र प्रदर्शनमा आएको हो । केही दिन अगाडि राजधानीमा प्रिमियर गरिएको थियो । प्रिमिएरमा धेरैले चलचित्र राम्रो भएको प्रतिक्रिया दिएका थिए । हिमाल केसी निर्देशित चलचित्रमा निखिलको अलवा सारा सिर्पाली, पुकार भट्टराई, ज्याक श्रेष्ठ, कुसाग्र भट्टराई लगायतको अभिनय रहेको छ ।

ओम शाही भक्तमुभिज र ओम साइ मौलाकालिका पिक्चर्सको ब्यानरमा सुशान्त श्रेष्ठ र वसन्त शर्मा कार्यकारी निर्माता तथा श्रीराम बराल प्रस्तुतकर्ता रहेको चलचित्रका लेखक मौनता श्रेष्ठ रहुन् । हिमाल केसीकै द्वन्द्व रहेको चलचित्रमा रोहित पुरी, गोविन्द गैरे र चन्द्रबहादुर क्षेत्रीको लगानी छ ।

‘लाल पुर्जा’ 
सौगात मल्ल, विपिन कार्की, हरिहर शर्मा, कामेश्वर चौरसिया, मेनुका प्रधान, मिरुना मगर लगायत कलाकारको अभिनय रहेको ‘लाल पुर्जा’ बिहिबार साँझ राजधानीमा प्रिमिएर गरिएको थियो । प्रिमियर अभिनेता बिपिन कार्की र सौगात मल्लको काम धेरैले मन पराए ।

निगम श्रेष्ठले निर्देशन गरेको यो चलचित्रको प्रिमियर सौगात, विपिन, मिरुनाको अलवा  शोभित बस्नेत, श्रृष्टि श्रेष्ठ समेतको उपस्थिति रहेको थियो । विक्रम सिंह थारु र उमेश श्रेष्ठको संयुक्त लगानी रहेको चलचित्रमा श्रृष्टि अतिथि भूमिकामा देखिएकी छिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप