मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

३३ महिना सम्म त्रिपालमुनि प्रहरी: नयाँ भवनमा किन बसेन प्रहरी ?

शुक्रबार, ०५ माघ २०७४, ०८ : ५८
शुक्रबार, ०५ माघ २०७४

बेसीशहर - २०७२ बैशाख १२ गते गएको भूकम्पबाट क्षति भएको इलाका प्रहरी कार्यालयको भवन अझै निमार्ण भएको छैन । लमजुङको पूर्वी भेग दुधपोखरी गाउँपालिका वडा नम्बर २ विचौरमा रहेकोे इलाका प्रहरी कार्यालयले त्रिपालमुनी बाटै सेवाग्राहीलाइै सेवा दिन बाध्य  छन् । भूकम्प गएको ३३ महिना बित्दा पनि प्रहरी कार्यालय त्रिपालमुनि नै बस्न र सेवा प्रवाह गर्न बाध्य भएका छन् । 

भाडामा सञ्चालन हुँदै आएको प्रहरी कार्यालय भुकम्पबाट चर्किएर जोखिमयुक्त बनेपछि प्रहरीहरु त्रिपालमुनी नै बस्न बाध्य बनेका हुन् । शान्ति तथा पुननिर्माण मन्त्रालय र दातृ निकायको सहयोगमा १ करोड ८ लाख ६५ हजार २ सय २६ रुपैयाँमा उक्त भवन निर्माण गरिएको हो । १२ असार २०७० मा चैत्र ९ गते निमार्ण सक्ने गरि सम्झौता भएको भवन सम्झौतानुसार नभएको भन्दै प्रहरी बस्न मानेका छैनन् । 

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टका अनुसार तीन तल्लाको भवन बनाउने सहमति भएको थियो, तर दुई तल्लाको भवन बनेको छ । बनेको भवन पनि पूर्ण रुपमा सम्पन्न भएको छैन । झ्यालको सिसा समेत चर्किएको छ । 

त्रिपालको चौघेरोमा बस्दै आएका प्रहरीलाई सुबिधा सम्पन्न भवनमा कहिले बस्न पाउने हो भन्ने चासो पनि उत्तिकै छ । जिल्ला प्रहरी कार्यालय लमजुङको पटक पटकको ताकेतापछि नयाँ भवनको माथिल्लो तल्ला र चर्किएको ठाउँमा मर्मत सम्भार गरिएको छ । ठेकेदार कम्पनी जे एस आर निभा जेभी पोखराले भवन बनाउने जिम्मा पाएको थियो । 

गोरखासँग सिमाना जोडिएका पूर्वी लमजुङको बिकट साविकको बिचौर, ईलमपोखरी र दुधपोखरी कार्यक्षेत्र रहेको सो प्रहरी कार्यालय ‘क’ श्रेणीको ईलाका प्रहरी कार्यालय हो ।
दशबर्षे द्धन्दकालमा भवन ध्वस्त बनेर पुनःस्थापना भएको सो ईलाका प्रहरी कार्यालयमा २९ जनाको दरबन्दी कायम रहेपनि १४ जना मात्रै प्रहरी छन् । दरबन्दी अनुसारका प्रहरी इलाका प्रहरी कार्यालय विचौरमा नहुँदा सुरक्षा मजबुत हुन नसकेको दुधपोखरी गाउँपालिका वडा नम्बर २ विचौरका वडाध्यक्ष गोविन्द दवाडीले रातोपाटीलाई बताए । उनले प्रहरी कार्यालयमा आवश्यक प्रहरी नहुँदा सुरक्षामा चुनौती थपिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

समुन्द्रा घिमिरे
समुन्द्रा घिमिरे
लेखकबाट थप