शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रमुखको कुर्सी पशुसेवादेखि वन कार्यालयसम्म: आवासको यस्तो छ व्यवस्था

शुक्रबार, ०५ माघ २०७४, ०७ : ३५
शुक्रबार, ०५ माघ २०७४

प्रदेश प्रमुखको कार्यालय र आवास कहाँ रहने भन्ने खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

प्रदेश १
प्रदेश प्रमुखको कार्यालय : क्षेत्रीय पशुसेवा निर्देशनालय, विराटनगर
आवास : राष्ट्र बैंकको गेस्टहाउस
प्रदेश संसद् : वीरेन्द्र सभागृह
संसद् सचिवालय र सभामुख, उपसभामुख कार्यकक्ष : जिल्ला समन्वय समितिको कार्यालय, मोरङ
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आवास : क्षेत्रीय कृषि निर्देशनालय

प्रदेश २
प्रदेश प्रमुखको कार्यालय : सहरी तथा भवन डिभिजन कार्यालय, जनकपुर
आवास : राष्ट्र बैंकको गेस्टहाउस
प्रदेश संसद् र संसद् सचिवालय : शैक्षिक तालिम केन्द्रको कार्यालय
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय : शैक्षिक तालिम केन्द्रको भवन ठूलो भएकाले मन्त्रिपरिषद् पनि अटाइने

प्रदेश ३
प्रदेश प्रमुखको कार्यालय र आवास : क्षेत्रीय प्रशासन कार्यालयको भवन, हेटौँडा
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय : जिल्ला समन्वय समितिको कार्यालय
सभाहल र संसद् सचिवालय : क्षेत्रीय शिक्षा निर्देशनालयको भवन

प्रदेश ४
प्रदेश प्रमुखको कार्यालय र निवास : अध्यागमन कार्यालय पोखरा र क्षेत्रीय प्रशासन कार्यालय
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय : सीप विकास कार्यालय पोखरा
प्रदेश सभाहल र संसद् सचिवालय : नगरविकास प्रशिक्षण केन्द्र

प्रदेश ५
प्रदेश प्रमुखको कार्यालय र आवास : सीप विकास केन्द्र, राजस्व अनुसन्धान केन्द्र, उद्योग व्यापार संघमध्ये एउटा भवन, बुटवल
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय : श्रम कार्यालय भवन
प्रदेश सभाहल र संसद् सचिवालय : बुटवल उद्योग वाणिज्य संघको हल

प्रदेश ६
प्रदेश प्रमुखको कार्यालय र निवास : क्षेत्रीय वन निर्देशनालयको तालिम केन्द्र, सुर्खेत
मुख्यमन्त्री/मन्त्रिपरिषद् कार्यालय : क्षेत्रीय प्रशासन र क्षेत्रीय हुलाक निर्देशनालय
प्रदेश सभाहल र संसद् सचिवालय : क्षेत्रीय शैक्षिक तालिम केन्द्रको भवन

प्रदेश ७
प्रदेश कार्यालय सञ्चालनका लागि भवनको खोजी जारी छ । प्रदेश सभाका जिल्ला समन्वय समितिको भवन प्रयोग गर्ने निश्चित भएको क्षेत्रीय प्रशासक लक्ष्मीराम पौडेलले बताए

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप