बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भिभिआइपीको अगुवा-पछुवाका लागि गाडी खरिदमा रक्षाको असहमति

शुक्रबार, ०५ माघ २०७४, ०६ : ३१
शुक्रबार, ०५ माघ २०७४

काठमाडौं - विशिष्ट पदाधिकारी (भिभिआइपी)को सुरक्षाका लागि सवारीसाधन खरिद गर्न बजेट उपलब्ध गराउन रक्षा मन्त्रालयले असहमति जनाएको छ ।

नेपाली सेनाले भिभिआइपीको सवारीका क्रममा अगाडि र पछाडि प्रयोग हुने सवारी साधन किन्न बजेट माग्दा रक्षाले विमति जनाएको हो ।

सेनाले भिभिआइपीको अगुवा-पछुवाका लागि ४ वटा सुभ जिप र ५ वटा पिकअप जिप खरिदका लागि ५ करोड ५० लाख रुपैयाँ माग गरेको थियो ।

सेनाको मागबमोजिम अर्थसँग छलफल नगरी रक्षाले असहमति जनाएको खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

सेनाले एक महिनाअघि गत पुस ६ गते सवारी खरिद गर्न अर्थ मन्त्रालयबाट रकम निकासाका लागि आवश्यक प्रक्रिया अघि बढाउन रक्षामा पत्राचार गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप