शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

शुक्रबार, ०५ माघ २०७४, ०६ : ००
शुक्रबार, ०५ माघ २०७४

आजको राशिफल

बि.स.२०७४ माघ ०५ गते ।  शुक्रबार । ईश्वी सन् २०१८ जनवरी १९ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । माघ कृष्ण पक्ष । तिथि द्धितिया ०९ घडी ५६ पला,बिहान १० बजेर ५६ मिनेट उप्रान्त तृतिया । नक्षत्र धनिष्ठा ४८ घडी १२ पला,रातको २ बजेर १४ मिनेट उप्रान्त शतभिषा । योग सिद्धि ०९ घडि १३ पला,बिहान १० बजेर ३९ मिनेट उप्रान्त व्यातिपात । करण कौलव,बिहान १० बजेर ५६ मिनेट उप्रान्त तैतिल,बेलुका ११ बजेर ३५ मिनेट उप्रान्त गर । 

आनन्दादिमा धाता योग । चन्द्रराशि मकर,दिउसो १ बजेर २२ मिनेट उप्रान्त कुम्भ । धनिष्ठा पञ्चक प्रारम्भ।

काठमाडौंमा सूर्योदय ६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ३२ मिनेट जादा । दिनमान २६ घडी २८ पला । 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आज गरिएको लगानि फस्टाएरु जने हुँनाले व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम खोज्दै हुँनुहुँन्छ भने समयले रोजगार दिलाउँने तथा कामका बढुवा हुँने योग रहेकोछ । पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउँनेछ । माता पिताको सहयोगले राम्रा कामगरि समाजमा नाम तथा दाम दुवै कमाउँन सकिनेछ । गीत संगित क्षेत्रमा रुचि बढ्ने हुँदा केहि समय रमाईलोतिर पनि समय खर्च हुँनेछ । समयको गतिसँगै अगाडि बढ्न सकिने हुँनाले आर्थिक रुपमा सम्पन्न हुँन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) व्यावसायमा तत्काल लगानि गरिहाल्ने समय नरहेकोले केहि समय कुर्नुनै उचित हुँनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या देखा पर्ने योग रहेकोछ । धर्म सस्कृतिमा चासो बढ्नेछ भने धार्मिक स्थलहरुको यात्रा हुँनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले पढाई लेखाईमा प्रतिष्पर्धिहरु आफै किनारा लाग्ने तथा सफलताको सिडि चड्न सकिनेछ । राजनिति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ । प्रेममा रमाउँन चाहनेहरुले एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) समयको ख्याल नगर्दा कामहरु बिग्रने तथा दण्ड तिर्नुपर्ने हुँन सक्छ सचेत रहनुहोला । आफन्तलाई बेवास्ता गर्दा परेको बेलामा सहयोग नहुँन सक्छ । पढाई लेखाईमा समय दिएपनि भनेजस्तो नतिजा ल्याउँन मुस्किल रहेकोछ । सरकारि काम गर्दा होस गर्नुहोला काम बिग्रने तथा अर्को दिन धाउँनु पर्नेछ । माया प्रेममा गर्नेहरुले आजको दिन नजिक नहुँदा नै राम्रो रहनेछ । अन्य काम गर्नुभन्दा आजको दिन दान धर्म तथा मन्दिर तिरको यात्रा गरि दिन कटाउँनु नै राम्रो रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । सवारि साधन तथा भौतिक सम्पति हात लागि हुँनेछ भने बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर आकषित गर्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँदा मन प्रसन्न रहनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले नचाहादा नचाहादा नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ भने अप्रिय घट्नाको सामना गर्नुपर्नेछ । 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई हराउँदै नतिजा तपाई आफ्नै पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुँनेछन् भने तपाईको खैरो खन्नेहरु  आफै साईड लाग्नेछन् । बिवादित बिषयहरुको निर्णय तपाई आफ्नै पक्षमा आउँने हुँनाले खुसिले उचाई नाघ्नेछ । पुराना सापटि तथा लेनदेनका मुद्दाहरु सल्टाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ । माया गरेको मानिसबाट उपाहार प्राप्तिको योग रहेकोछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) पढाई लेखाई बिग्रने तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसायबाट भनेजस्तो आम्दानि नहुँदा आर्थिक सन्तुलन बिग्रने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले बाध्यता बस टाडा हुँनु पर्नेछ । मध्यान्हबाट समय राम्रो आउने भएकोले सत्रुहरुलाई परास्त हुँने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् । पढाईमा देखिएको कमजोरि सुधार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ । आत्मिय मित्र तथा मन मिल्ने साथि फेला पार्न सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) खानपानमा बिशेष ध्यान दिनुहोला पेट सम्बन्धि समस्या आउँन सक्छ । पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसायमा मन्दिा आउँनेछ । भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । माया प्रेममा नचाहादा नचाहादै एक अर्काबिच छुट्टिनु पर्दा  मनमा खल्लोपन महशुष हुँनेछ । सन्तान तथा छोराछोरिसँग पनि मनमुटाव सिर्जन हुँने योग रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रतिष्पर्धिहरु हार खानेछन् भने राजनिति तथा समाजसेवामा समनजनक स्थान पाउँने योग रहेकोछ । घर जग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । आमा वा परिवारका सदस्यहरुको सहयो पाईने हुँदा शरिरमा स्फुर्ति बढ्नेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाढि बढ्न सकिनेछ ।  साझपख पुराना झैझमेलामा फस्ने तथा आफन्त सँग बिवाद हुने योग रहेकोछ ध्यान दिनुहोला ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापारमा उधारो लाने तथा रुपैया पैसा नदिनेहरुले दिक्क लाउँनेछन् । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा ध्यान दिनुहोला मनमुटाव हुँने अधिक सम्भावना रहेकोछ । मध्यान्हबाट समय तपाईकै पक्षमा आउने हुनाले दाजुभाई तथा छिमेकिबाट तपाईले शुरु गरेको काममा सहयोग तथा समर्थन हुँने हुँदा मन प्रशन्न हुँनेछ । छोटो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले थप लगानि गर्न आट आउँनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिलाशि तथा भौतिक बस्तुको प्रयोग गर्न पाईने हुँदा अरुको आफुतिर तान्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको पुर्ण समर्थन पाईने हुँदा पद प्रतिष्ठा पाईने योग रहेकोछ । मध्यान्हबाट समय मध्ययम रहेकोले काम गर्दा बिशेष शावधानि अपनाउँनुहोला समयमा नसकिने हुँदा मान सम्मानमा कमि हुँनेछ । बाहिरि वाताबरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा मन्दि आउँनेछ भने बिदेशि लगानिबाट सञ्चालित उद्योग तथा व्यावसाय फस्टाएरु जानेछ । कर्म प्राप्तिको लागि लामो दुरिको यात्रा हुँने अधिक सम्भावना रहेकोछ । पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ । मध्यान्हबाट समय उत्तम रहेकोले राम्रा तथा सामाजिक काम गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होईनेछ । थोरै स्रोत साधन प्रयोग गरि असिमित आवस्यक्ता हरु पुरा गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) परिवार तथा आफन्त सँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने बिदेशि सामानको व्यापार फस्टाएर जानेछ । व्यापार व्यावसायमा अरुदिन भन्दा अलि बढि समय दिनुपर्नेछ ।

तपाईको दिन शुभ रहोस् । 
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप