शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘चलिए पोखरा ’अभियानको टोली भारत प्रस्थान

शुक्रबार, १६ असार २०७४, १६ : ०१
शुक्रबार, १६ असार २०७४

पोखरा -भारतीय पर्यटकलाई लक्षित गरी पश्चिमाञ्चल होटल सङ्घको ‘चलिए पोखरा’ अभियानको एक टोली आज भारत प्रस्थान गरेको छ । 
टोलीमा पोखरा र लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डका अधिकारी र सञ्चारकर्मी गरी ३० जनाको सहभागितो छ । 

विनाशकारी भूकम्प, नाकाबन्दी र तराई–मधेश आन्दोलनले प्रभावित गरेको पर्यटनलाई उकास्न अभियानले सघाउने विश्वास लिइएको छ । 

टोलीले लखनउ, कानपुर, वनारस, गोरखपुर, इलाहावाद, र फैजावादमा पोखरा र यस वरपरका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गर्ने र भारतीय पर्यटकलाई विशेष प्याकेजका साथ पोखरा भ्रमणका लागि निम्तो दिने अभियानको उद्देश्य रहेको सङ्घका महासचिव गणेशराज पहारीले बताए । 

पत्रकार सम्मेलन र द्विपक्षीय व्यापारिक भेटघाटका कार्यक्रमका साथ प्रचारात्मक गतिविधि अगाडि बढाउने योजना अभियानको टोलीले समेटेको छ । ४० डिग्री भन्दा बढीको तापक्रम रहेका भारतीय जनता उकुसमुकुसबाट मुक्त भई केही दिन भए पनि आनन्द लिनका लागि पोखरा उपयुक्त गन्तव्य हुनसक्ने विश्वास लिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप