बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मेयरकप क्रिकेटः सेमिफाइनलमा प्रवेश गर्यो देहिमाडौं

बिहीबार, ०४ माघ २०७४, १९ : ४३
बिहीबार, ०४ माघ २०७४

बैतडी– ऋषिकेश बोहराको उत्कृष्ट प्रदर्शनले देहिमाडौं दशरथचन्द नगरपालिकामा जारी प्रथम मेयर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।  बूढाबाजे क्रिकेट मैदान रातामाटामा आज सम्पन्न खेलमा दशरथचन्द नगरपालिका–८ त्रिपुरालाई ६ विकेटले पाखा लगाउँदै नगरपालिका–२ देहिमाण्डौँले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । 

टस हारेर ब्याटिङको निम्ता पाएको त्रिपुराले निर्धारित २० ओभरमा लोकेन्द्र थापाको सर्वाधिक २३ रनको मद्दतमा १०२ रन बनाएको थियो । देहिमाण्डौंका वसन्त बोहराले ३ तथा ऋषिकेशले २ विकेट हात पारे । एक सय ३ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको देहिमाण्डौंले १० ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको होे । 

देहिमाण्डौँका दीपक बोहराले सर्वाधिक २९ रन जोडेका थिए । यस्तै खडक बोहराले २० तथा ऋषिकेशले नटआउट ७ रन बनाए । त्रिपुराका गणेश थापाले २ विकेट हात पारेका थिए । प्रतियोगिताका विजेताले रु ५० हजार, ट्रफी र प्रमाणपत्र, द्वितीय हुनेले रु ३० हजार र म्यान अफ द सिरीज एक जनालाई रु पाँच हजार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप