स्व.ढकाललाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’
सुरुङ्गा– पूर्वाञ्चल राष्ट्रिय दैनिकका पूर्वप्रधान सम्पादक स्वर्गीय मदन ढकाललाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । पूर्वाञ्चल दैनिकको २३ औं वार्षिक उत्सवको अवसर पारेर स्वर्गीय ढकाललाई आज ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको हो ।
रु २१ हजार राशिको उक्त अवार्ड नेपाल पत्रकार महासंघ झापाका संस्थापक महासचिव चन्द्र भण्डारी, पूर्वाञ्चल दैनिकका प्रकाशक भरतलाल गिरी र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले संयुक्त रुपमा स्वर्गीय ढकालकी श्रीमती सावित्रा ढकाललाई प्रदान गरिन् ।
चार दशकसम्म निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील रही पत्रकारिताको श्रीवृद्धिमा स्वर्गीय ढकालले पुर्याएको योगदान सदैव स्मरणीय रहने चर्चा गर्दै उनलाई सो अवार्ड प्रदान गरिएको पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरीले जानकारी दिए । पत्रकार ढकालको गत वर्ष निधन भएको थियो ।
त्यस्तै, स्वार्गीय पत्रकार ढकालको स्मृतिमा स्थापित ‘मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार गोविन्दचन्द क्षेत्रीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु १५ हजार छ । त्यस्तै, राष्ट्रिय समाचार समिति (रासस) का झापा समाचारदाता सुरेन्द्र भण्डारीलाई उत्कृष्ट पत्रकार सम्मान प्रदान गरिएको छ । पत्रिकाले उत्कृष्ट लेखक एवम् स्तम्भकार सम्मान अग्रज पत्रकार नकुल काजीलाई प्रदान गरेको छ भने उत्कृष्ट समाचारदाता सम्मान पत्रकार नरेन्द्र ढकालाई प्रदान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला