मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसलाई नेपाल तरुण दलको दबाब

बिहीबार, ०४ माघ २०७४, १९ : २८
बिहीबार, ०४ माघ २०७४

काठमाडौँ– नेपाल तरुण दलले केन्द्रीय समिति विस्तार गर्न पार्टीसँग माग गरेको छ ।  नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतको अध्यक्षतामा आज बसेको बैठकले निर्वाचन भएको १६ महिना वित्दा पनि नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति विस्तार हुन नसकेको भन्दै चाँडो विस्तार गर्न पार्टीलाई आग्रह गर्ने निर्णय गरेको हो । 

यस्तै बैठकले संगठन निर्माणमा तरुणलाई व्यापक परिचालन गर्ने निर्णय गरेको दलका महासचिव भुपेन्द्रजंग शाहीले जानकारी र्दिए ।  बैठकले महिनाको अन्तिममा देशभरका तरुण अध्यक्षको राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । त्यस्तै शीतलहर र भाइरलको ज्वरोबाट पीडित जनतालाई राहत र उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरिएको महासचिव शाहीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप