बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी निकट शिक्षक संगठनले गर्यो कडा निर्णय

बिहीबार, ०४ माघ २०७४, १९ : ०८
बिहीबार, ०४ माघ २०७४

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन काठमाडौंले दलको झोला बोक्ने तर कक्षाकोठामा नियमित उपस्थित नहुने शिक्षकलाई कार्बाही गर्ने भएको छ ।  बिहिवार काठमाडौंको डिल्लीबजार कन्या माविमा सम्पन्न संगठनको पाँचौं जिल्ला सम्मेलनले नेताको झोला बोक्ने, कक्षाकोठामा नियमित उपस्थित नहुने, शिक्षकको कर्तव्य प्रति इमान्दार नहुने शिक्षकहरुलाई कार्बाही गर्ने निर्णय गरेको हो । कार्बाहीको शुरुवात पहिले संगठनकै सदस्यहरुबाट गर्ने र पछि दायरा बढाउँदै लगिने संगठनले जनाएको छ । 

कार्यक्रममा माओवादी केन्द्रका नेता एवं पूर्व शिक्षामन्त्रीले दिनानाथ शर्माले नेपालको सार्वजनिक शिक्षा माथि चौतर्फी हमला भइरहेकाले देशभक्ति र गणतान्त्रिक शिक्षकहरु त्यसको बचाउमा लाग्नुपर्ने बताए । शिक्षकहरुले असल शिक्षा दिए शिक्षा सुधार हुने र शिक्षा सुधार भएमात्रै मुलुक समृद्ध बन्ने शर्माले दावी गरे । सार्वजनिक शिक्षा कमजोर हुँदा शिक्षामा अन्तर्राष्ट्रिय हस्तक्षेप बढेको, दक्ष जनशक्तिको कमी भएकाले सवै मिलेर सार्वजनिक सुधारमा लाग्नुपर्ने शर्माको भनाइ थियो । 

कार्यक्रममा माओवादी केन्द्रका काठमाडौं  जिल्ला संयोजक लेखनाथ न्यौपानेले शिक्षकहरुले बढी राजनीति गरेका, कक्षाकोठामा राम्रो नपढाएकै कारण सार्वजनिक शिक्षा कमजोर बन्दै गएकाले शिक्षकहरु अब गुणस्तरमा केन्द्रित हुनुपर्ने बताए । अब शिक्षक नेता आन्दोलनबाट होइन उसको कार्यशैलीबाट छनौट हुनुपर्ने भन्दै न्यौपानेले शिक्षक आन्दोलन कक्षाकोठामा राम्रो पढाएर हुनुपर्ने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप