चितवन च्याम्पियनसिपको चौथो संस्करण सुरु हुँदै
चितवन–चितवन च्याम्पियनसिपको चौथो संस्करण यहि माघ १६ गते देखि सुरु हुने भएको छ । एभरेष्ट फुटबल क्लब भरतपुरको आयोजना हुन लागेको प्यासिफिक कलेज चौथो चितवन च्याम्पियनसिप कप–२०७४ चितवन जिल्लाकै सर्वाधिक पुरस्कार राशीको खुल्ला फुटबल प्रतियोगिता रहेको आयोजक पक्षले जनाएको छ ।
फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहने क्लबले बिहिबार भरतपुरमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । जुनियर प्रहरी अधिकृत शिक्षालयको खेल मैदानमा हुने प्रतियोगितामा ३ जिल्लाका ३ अतिथि टिमहरुको पनि सहभागिता रहने क्लबका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २ लाख २२ हजार २ सय २२ रुयैंयासहित च्याम्पियनसिप कप र मेडल प्रमाणपत्र प्राप्त गर्ने छ भने दोश्रो हुने टिमले १ लाख ११ हजार १ सय रुपैंया नगद र मेडल, प्रमाणपत्र प्राप्त गर्ने आयोजक एभरेष्ट क्लबले जनाएको छ । यस्तै सेमिफाइनलवाट बाहिरिने २ टिमलाई २५ हजारका दरले सान्त्वना पुरस्कार र ५ विधामा उत्कृष्ट पाँच खेलाडीलाई नगद १० हजार तथा मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगितालाई खेल संस्कृतिको रुपमा स्थापित गर्ने उदेश्यले हरेक बर्ष निरन्तरता दिइने आयोजक पक्षले जनाएको छ । गतवर्ष २२ हजार दर्शकले अवलोकन गरेको प्रतियोगिता यसवर्ष ३० हजार दर्शकले अवलोकन गर्ने क्लबका अध्यक्ष देवकोटाले वताए । उनले प्रतियोगितालाई प्रत्येक वर्ष व्यवस्थित र भब्य बनाउदैं लगिएको जानकारी दिए । प्रतियोगितालाई अष्ट्रेलियाको सिड्नीमा रहेको प्यासिफिक कलेज अफ टेक्नोलोजीले मुख्य प्रायोजन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा