सफ्ट टेनिस राष्ट्रिय प्रतियोगिता शुरु
बिहीबार, ०४ माघ २०७४, १८ : ३७
विराटनगर– राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले १०औँ राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताको आज यहाँ उद्घाटन गरेका छन् । मोरङ जिल्ला सफ्ट टेनिस संघको आयोजनामा विराटनगरको बैजनाथपुर रंगशालाको कोर्ट र जुट मिलको कोर्टमा शुरु भएको प्रतियोगितामा पाँच विकास क्षेत्र र दुई विभागीय नेपाल प्रहरी र सशस्त्र प्रहरीका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी ९८ जनाको सहभागिता रहेको छ ।
प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष तथा महिलाको डबल, मिक्स डबल र पुरुष तथा महिलाको टिम इभेन्ट्सका खेल समावेश गरिएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिता सम्पन्न गर्न रु १२ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ । आज महिला एकलको पहिलो चरणको खेल सम्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)