मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सफ्ट टेनिस राष्ट्रिय प्रतियोगिता शुरु

बिहीबार, ०४ माघ २०७४, १८ : ३७
बिहीबार, ०४ माघ २०७४

विराटनगर– राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले १०औँ राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताको आज यहाँ उद्घाटन गरेका छन् ।  मोरङ जिल्ला सफ्ट टेनिस संघको आयोजनामा विराटनगरको बैजनाथपुर रंगशालाको कोर्ट र जुट मिलको कोर्टमा शुरु भएको प्रतियोगितामा पाँच विकास क्षेत्र र दुई विभागीय नेपाल प्रहरी र सशस्त्र प्रहरीका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी ९८ जनाको सहभागिता रहेको छ । 

प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष तथा महिलाको डबल, मिक्स डबल र पुरुष तथा महिलाको टिम इभेन्ट्सका खेल समावेश गरिएको छ ।  तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिता सम्पन्न गर्न रु १२ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ ।  आज महिला एकलको पहिलो चरणको खेल सम्पन्न भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप