बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गृह जिल्लामै प्रधानमन्त्री देउवाको पुत्ला दहन, जुत्ता प्रहार गर्ने चेतावनी

बिहीबार, ०४ माघ २०७४, १७ : ४८
बिहीबार, ०४ माघ २०७४

करन ताम्राकार

डडेल्धुरा । प्रदेशको राजधानी कैलालीको धनगढीमा तोकेको विरोधमा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका स्थानीयले उनको पुत्ला दहन गरेका छन् ।

डडेल्धुराबाट ६ पटक निर्वाचित देउवाले गृह जिल्ला डडेल्धुराको अपमान गरेर कैलालीमा प्रदेश नम्बर ७ को राजधानी घोषणा गरेको विरोधमा डडेल्धुराका स्थानीयले आज बेलुकी ४ बजे डडेल्धुरा सदरमुकाम बस पार्क पीपल चौतारा नजिक प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेका हुन् । 

बहालवाला प्रधानमन्त्री भएर पनि आफ्नै गृह जिल्लालाई नै राजधानी बनाउनुको सट्टा कैललालीको धनगढीलाई प्रदेशको राजधानी तोक्नु लाई डडेल्धुरा जिल्लावासीको ठूलो अपमान भएको भन्दै ‘शेरबहादुर देउवा मुर्दाबाद, डडेल्धुरा जिल्लामा राजधानी कायम गर’ भन्दै देउवाको पुत्ला दहन गरेको हो । 

पुत्ला दहन पछि भीमद चोकमा आयोजित कोण सभामा उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य प्रकाश साउदले अबको आन्दोलन प्रदेश नम्बर ७ का पहाडी जिल्लाको बेग्लै आन्दोलन र आन्दोलन एकदमै कडाका रुपले तय हुने बताए । 

डडेल्धुरा जिल्लाबाट निरन्तर ३० बर्ष सम्म निर्वाचित भएका देउवाले आफू प्रधानमन्त्री हुँदा डडेल्धुरा जिल्लालाई प्रदेशको राजधानीसम्म तोक्ने नैतिकता नभएकाले डडेल्धुराको जनताको तर्फबाट देउवालाई डडेल्धुरामा आउना साथ पहिले जुत्ता प्रहार गर्ने चेतावनी दिए । 

आन्दोलन समितिका संयोज प्रकास साउँदले प्रदेश नं. ७ को राजधानी डडेल्धुरा नबनाएसम्म आन्दोलन नरोकिने बताएका छन् । प्रधानमन्त्री देउवाले अस्थायी मुकाम डडेल्धुरालाई नतोके सशक्त आन्दोलन गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप