बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गुडिरहेको बसमा एक्कासि भीषण आगलागी , ५२ जनाको मृत्यु

बिहीबार, ०४ माघ २०७४, १७ : ०६
बिहीबार, ०४ माघ २०७४

एजेन्सी– उत्तरपश्चिम काजकिस्तानमा बिहीबार भएको सडक दुर्घटनामा ५२ व्यक्तिको मृत्यु भएको छ ।  यात्रामा गुडिरहेको सो बसमा आगलागी भएको सङ्कटकालीन सेवा मन्त्रालयले बिहीबार जारी विज्ञप्तिमा जानकारी दिएको छ । 

बिहीबार बिहान १०ः३० बजे भएको यस दुर्घटनामा दुई जना बस चालकसहित ५५ जना यात्रु सवार रहेका जनाइएको छ ।  पाँच व्यक्तिलाई भने उपचारार्थ अस्पताल लगिएको र त्यसमा पनि दुईको मृत्यु  भएपछि सो सङ्ख्या ५५ पुगेको बताइएको छ ।  

मन्त्रालयले यस लागलागीको कारण भने खुलाएको छैन । यस समाचारको प्रारम्भिक सूचना मात्र प्राप्त भएको बताइएको छ ।  प्रहरीले बिहीबार साँझ सम्ममा मात्र उक्त दुर्घटनाको विस्तृत विवरण दिइने जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप