शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सोनाम ल्होछारमा तामाङ सुन्दरी, २४ तस्बिरमा हेर्नुहोस्

बिहीबार, ०४ माघ २०७४, १६ : ४६
बिहीबार, ०४ माघ २०७४

काठमाडौं–तामाङ समुदायले नया“ वर्ष २८५४ औं सोनाम ल्होछार मनाएका छन् । 

लो को अर्थ वर्ष तथा छार को अर्थ नया“ हो । तामाङ समुदायले विहिबार विभिन्न कार्यक्रम गरी ल्होछार मनाएका हुन् ।
 ल्होछारको अवसरमा काठमाडौको भृकुटीमण्डपमा विशेष कार्यक्रम गरियो । कार्यक्रममा तामाङ समुदायका मानिसले आफ्नो भेषभुषामा सजिएर झा“की तथा गीत संगित प्रस्तुत गरेका थिए । तामाङ समुदायले ल्होछारको अवसरमा एकआपसमा शुभकामना आदानप्रदान तथा खुसियाली साटासाट गरेका छन् ।
 उनीहरुले एक आपसमा खानाका विभिन्न परिकारसमेत बाँडेर खाएका छन् ।  यो पर्वमा विशेष गरी पानी रोटीमा विभिन्न मरमसला राखी बनाएको परिकार, मासु, मदिरालगायतका खानेकुरा खाने चलन छ । 
तामाङ समुदायका मानिसले १२ जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गरी जन्मदेखि मृत्यु हु“दासम्म पनि सोही चक्रका आधारमा विभिन्न संस्कार गर्ने गर्छन् । 
मञ्जुश्रीले चन्द्र पात्रोको विकास गरी त्यसलाई धर्मदेशनाका रुपमा बाहिर ल्याउने कार्य गरेको स्मरणमा सोनाम ल्होछार मनाउने गरिएको जनविश्वास छ । 
यसै अवसरमा सरकारले सार्वजनिक विदा समेत दिएको छ ।
ल्होसारका तस्बिर हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप