शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मेयरकप क्रिकेटः त्रिपुरा टिम विजयी

बिहीबार, ०४ माघ २०७४, १६ : ४३
बिहीबार, ०४ माघ २०७४

बैतडी– दशरथचन्द नगरपालिकामा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा त्रिपुरा टिम विजयी भएको छ ।  दशरथचन्द नगरपालिका– ८ त्रिपुराले वडा नं ११ नागार्जुनलाई हराएको छ । बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा सम्पन्न खेलमा नागार्जुनलाई १०४ रनले हराएको हो । 

टस जितेर ब्याटिङ गरेको त्रिपुराले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १९४ रन बनायो । एक सय ९५ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रेको नागार्जुन ९० रनमा समेटियो । 

शहीद दिवसका अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघ र नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता सञ्चालन गरिएको हो । टि–ट्वान्टी प्रतियोगिताको विजेताले रु ५० हजार तथा उपविजेताले रु ३० हजार पुरस्कार प्राप्त गनेछन् । प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ वटै वडाका टिमको सहभागिता रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप