शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउडका यी स्टार, जसले फ्यानलाई बनाए रियल लाइफ पार्टनर

बिहीबार, ०४ माघ २०७४, १६ : ०१
बिहीबार, ०४ माघ २०७४

मुम्बई –कलाकारको बिषयमा फ्यानले मनमा विभिन्न सपना सजाउने गर्दछन् । कोही फ्यान उनीहरुलाई भेट्ने मात्र सपना देख्छन् । कोही फ्यान यस्ता पनि हुन्छन्  जसले आफ्नो मनपर्ने कलाकारसँग जिन्दगी बिताउने सपना पनि पालेको हुन्छन् । तर सबै फ्यानने सपना पुरा हुनुपर्छ भन्ने छैन । केही यस्ता ब्यक्ति पनि छन्  जसले बलिउड कलाकारको बिषयमा देखेको सपना पुरा भएको छ । ती कलाकार आजको चर्चाको बिषय हुन् । जसले रियल लाइफमा फ्यानलाई जीवन साथी चुनेः
 
जितेन्द्र र शोभा कपुर 

कलाकार जितेन्द्र बलिउडका सुपरस्टार हुन् । थुप्रै हिट चलचित्र दिएका जितेन्द्रले आफ्नै फ्यान शोभासँग घरजम गरे । जितेन्द्र र शोभाको पहिलो भेट फ्लाइटको दौरानमा भएको थियो । जितेन्द्रले ब्रिटीस एरलाइन्सको प्लेनमा यात्रा गर्दा शोभालाई भेटेका थिए । शोभा त्यसै एरलाइन्सकी एरहोस्टेज थिइन् । यी दुबैले १९७४मा बिबाह गरेका थिए ।
 

दीलिप कुमार र सायरा बानो 
दीलिपकी पत्नी सायरा बानो पनि बलिउडकी अभिनेत्री हुन् । सायरा अभिनयमा आउनु पुर्व दीलिपको ठुलै फ्यान थिइन् । फ्यानको माया ग्रेट भन्दै दीलिपले उनलाई जीवन साथी चुने । यी दुबैका बिच १२ बर्षको उमेर  अन्तर रहेको छ । दुबैको बिबाह १९६६ मा भएको थियो ।
 

मुमताज र मयुर माधवानी 
७० दशककी चर्चित अभिनेत्री मुमताजको नाम अहिले पनि बलिउडमा लिने गरिन्छ । मुमताजले बिबाह भने सो समयका ब्यवसायी मयुर मधवानीसँग गरेकी थिइन् । मधवानी मुमताजका प्रिय फ्यान थिए ।
 

राजेश खन्ना र डिंपल कपाडिया 
राजेश बलिउडका पहिलो सुपरस्टार हुन् । उनका फ्यान निकै थिए सो समय । ति मध्यकी एक बलिउडकी चर्चित अभिनेत्री समेत रहेकी डिंपल थिइन् । यी दुबैले १९७३ मा बिबाह गरेका हुन् । राजेशसँग बिबाह गर्दा डिंपल १५ बर्षकी थिइन् । 
 

विवेक ओबराय र प्रियंका अल्वा 
अभिनेता विवेकले पनि आफ्नै फ्यानसँग बिबाह गरेका छन् । फ्यानको रुपमा भेटघाट गर्दा गर्दै यी दुबैले बिबाह निणर्य गरेका हुन् । प्रियंका कर्नाटकका मन्त्री जीवराज अल्वाकी छोरी पनि हुन् ।
 

शिल्पा शेट्टी र राज कुन्द्रा 
राज पनि शिल्पाको गे्रट फ्यान थिए । बिजनेश म्यान समेत रहेका राज र शिल्पाले राजी खुसीमा बिबाह गरे । केही समयको प्रेमलाई बिबाहमा परिणत गरेका यी दुबैको अहिले डिबोर्स समेत भइसकेको छ । 

ईशा देओल र भरत तख्तानी 
धमेन्द्र र हेमा मालिनीकी जेठी छोरी र्एशाले पनि फ्यानसँग बिबाह गरेकी हुन् । भरत र ईशा एकसाथ एउटै स्कुलमा पढ्थे । यी दुबैको प्रेम सो समय देखिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप