बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘प्रिमियर सो’मा सञ्चितासहित हलमा देखिए निखिल

बिहीबार, ०४ माघ २०७४, १५ : २६
बिहीबार, ०४ माघ २०७४

काठमाडौं – अभिनेता निखिल उप्रेती अभिनित चलचित्र ‘पिंजडा ब्याक अगेन’ उपत्यका बाहिर बिहिबार र उपत्यकामा शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र हो । बुधबार साँझ राजधानीमा चलचित्रको प्रिमियर  समेत गरिएको छ । रंगपत्रकार, चलचित्रकर्मी र कलाकारहरुको बाक्लो उपस्थिति रहेको प्रिमियरमा चलचित्रका अभिनेता निखिल उप्रेती र अभिनेत्री सारा सिर्पाली सबैको आकर्षणको केन्द्र बने । प्रिमियरमा निखिल पत्नी संचिता लुइँटेल, निर्देशक अमृत महर्जन, बितरक गोपाल कायस्थ, अभिनेत्री श्वेता खड्का, निर्देशक आकाश अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

हिमाल केसी निर्देशित चलचित्रमा निखिल र साराको अलवा पुकार भट्टराई, ज्याक श्रेष्ठ, कुसाग्र भट्टराई लगायतको अभिनय रहेको छ ।  ओम शाही भक्तमुभिज र ओम साइ मौलाकालिका पिक्चर्सको व्यानरमा सुशान्त श्रेष्ठ र वसन्त शर्मा कार्यकारी निर्माता तथा श्रीराम बराल प्रस्तुतकर्ता रहेको चलचित्रका लेखक मौनता श्रेष्ठ रहुन् । 

हिमाल केसीकै द्वन्द्व रहेको चलचित्रमा रोहित पुरी, गोविन्द गैरे र चन्द्रबहादुर क्षेत्रीको लगानी छ । प्रिमियरमा निखिलको अन्य चलचित्र भन्दा ‘पिजडा ब्याक अगेन’ बनेको धेरैले प्रतिक्रिया दिए । चलचित्रलाई आफ्नो अभिनयको टर्निङ प्वाइन्टको रुपमा लिएको अभिनेता निखिलले बताए ।  नायिका साराले भने फिल्म आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताउँदै दोस्रो गीतमा आफूले निकै मेहनत गरेको बताइन्
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप