बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मंगलम्:‘बम्पर उपहार’मा शिल्पा र पृथ्वीको अभिनय

बिहीबार, ०४ माघ २०७४, १५ : १७
बिहीबार, ०४ माघ २०७४

काठमाडौं– नवल नेपाल निर्देशित चलचित्र ‘मंगलम’ को नयाँ गीत रिलिज भएको छ । बम्पर उपहार...बोलको गीतमा अभिनेत्री शिल्पा पोखरेल र पृथ्वीराज प्रसाइँको अभिनय देख्न सकिन्छ । 

दीपक शर्माले संगीत दिएको गीतको भिडियो रोमान्टिक बनेको छ । गीतमा प्रमोद खरेलको स्वर र लेखु सहयात्रीका शब्द र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।  २५ फागुनबाट प्रदर्शनमा आउने यो चलचित्र अभिनेता छबिराज ओझाले बनाएका हुन् । चलचित्रको प्रस्तुतकर्ता अभिनेत्री पोखरेलनै रहेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप