शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अनुप्रस्थ ब्याण्डको नयाँ गीत ‘अद्वितिय’

बिहीबार, ०४ माघ २०७४, १४ : ५९
बिहीबार, ०४ माघ २०७४

काठमाडौं– चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत ‘अद्वितिय’को भिडियो सार्वजनिक भएको छ । व्याण्डको दोस्रो एल्बम ‘ह्वाट टु डु काठमाडौं ?’मा समेटिएको गीतको भिडियोमा व्याण्डका लिड गायक निरन शाही माथि छायाँकन गरिएको छ । 

गीतमा सुमनलाल श्रेष्ठको शब्द र सुमनलाल तथा निरनको संगीत छ । व्याण्डका कलाकारहरुले समेत फिचरिङ गरेको भिडियोमा जितेन्द्र श्रेष्ठको सम्पादन, निरज श्रेष्ठ र विजय कोजुको छायांकन तथा सोनाम छिरिङ लामाको निर्देशन छ ।

सातवर्ष अघिमात्र व्याण्डको पहिलो एल्बम ‘अनुप्रस्थ’ बजारमा आएको थियो । एल्बममा सात गीत छन् । अनुप्रस्थ झण्डै दशकदेखि नेपाली फोकरक संगीतमा सक्रिय छ । यो व्याण्ड सन् २००८ मा भएको ‘स्प्राइट बेण्ड च्यालेन्ज’ नामक टेलिभिजन रियालिटी शोबाट चर्चामा आएको थियो ।

व्याण्डले ‘दिन’, ‘सुख र दुःख’, ‘गफ’ र ‘उज्यालो’ नामक म्युजिक भिडियो यसअघि नै बजारमा ल्याईसकेको छ । व्याण्डमा नरेनसहित जिमी शाही, गोविन सुनुवार र विवेक तामाङ सदस्य छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप