शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस बैठकमा देउवाले भने, ‘निर्वाचनमा पराजयको कारण खोज्न तयार छु’

बिहीबार, ०४ माघ २०७४, १४ : १२
बिहीबार, ०४ माघ २०७४

काठमाडौं– काँग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनमा पार्टीले व्यहोरेको हारप्रति पार्टीभित्र गम्भीर समिक्षा हुने बताएका छन् । आजबाट सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले निर्वाचनको गम्भीर समिक्षा गर्ने र महासमिति बैठक बोलाउने बताएका हुन् ।

‘सम्पन्न निर्वाचन परिणाम हाम्रो पार्टी अनुकुल आउन सकेन, पराजयको पछिल्तिर हाम्रा जेजे कारण होलान, ति सवैका सन्र्दभमा समीक्षा, छलफल गर्न जरुरी छ ’ देउवाले बैठकमा भनेका छन् । 

यसअघि काँग्रेस नेताहरुले निर्वाचनबारे गम्भीर समीक्षा र महासमिति बैठक बोलाउन सभापति देउवालाई दवाव दिदै आएका थिए । त्यस्तै बैठकमा राष्ट्रिय सभाका उम्मेद्वारबारे पनि छलफल भएको छ । बिहीबारको बैठकमा नेताहरु रामचन्द्र पौडेल,दीपक गिरी,चन्द्र भण्डारी,विमलेन्द्र निधि, नविन्द्र राज जोशी

लगायतले अधारणा राखेका थिए । बैठक  निर्वाचन समिक्षाका लागि एक साता पछि बस्ने सम्भावना प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा धराणा राख्ने अधिकांश नेताहरुले दलको रूपान्तरण अनिवार्य भएको बताएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप