शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवाले गराए आफ्नो जिल्लामा सशस्त्रको गुल्म राख्ने ‘क्याविनेट निर्णय’

बिहीबार, ०४ माघ २०७४, १४ : ०६
बिहीबार, ०४ माघ २०७४

काठमाडौं– कामचलाउ प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो गृहजिल्ला डडेल्धुरास्थित अमरगढी नगरपालिका–७ मा सशस्त्र प्रहरीको गुल्म स्थापना गर्ने निर्णय गराएका छन् । पुस २७ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट गराएको उक्त निर्णय गुपचुप राखिएको थियो । तर गृह मन्त्रालयले गुल्म स्थापना गर्न सशस्त्र प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिसकेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

गृहमन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकले सशत्र प्रहरी नायव उपरिक्षकको कमाण्डमा रहने गरी गुल्म स्थापना गर्ने निर्णय गरिएको छ । गुल्मका लागी आवश्यक दरबन्दी पनी क्यविनेटले स्वीकृत गरेको छ । सोही मन्त्रिपरिषद्को बैठकले नेपाल एपिएफ अस्पतालको स्तरोन्नती गर्ने निर्णय समेत गरेको बताइएको छ ।

मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘डडेल्धुरा जिल्लाको अमरगढी न.पा. ७ मा सशस्त्र प्रहरी नायव उपरिक्षकको कमाण्डमा रहने गरी एक गुल्म स्थापना गर्ने सम्बन्धमा संगठन तथा सर्भेक्षण समितिले सिफारिस गरे बमोजिमको थप दरबन्दी स्वीकृति गर्ने निर्णयका लागी नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेश गर्न सम्माननीय प्रधानमन्त्री एवम् गृहमन्त्रीबाट स्वीकृति प्राप्त भएको ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप