शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

केपी ओली र पूर्वयुवराज्ञी हिमानी एकै प्लेनमा स्वदेश फिर्ता !

बिहीबार, ०४ माघ २०७४, १४ : ०४
बिहीबार, ०४ माघ २०७४

काठमाडौं–एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व युवराज्ञी हिमानी शाह एकै प्लेनमा बुधबार  थाइल्याण्डबाट स्वदेश फिर्ता भएका छन् । 
 
ओली र हिमानी थाइ एयरवेजको टीजी ३१३ कलसाइनको विमानबाट बिहिबार मध्यान्ह १२ः ४६ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । 
एकै प्लेनमा हिमानी र ओली परेपनि त्यो संयोगमात्रै भएको  पूर्वराजा निकट स्रोतले रातोपाटीलाई जानकारी दियो । 

रातोपाटीकर्मी कृष्ण गिरीका अनुसार ओली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पत्रकार सम्मेलनमा व्यस्त हुँदै गर्दा हिमानी सुटुक्क बाहिरिएकी थिइन् । उनलाई  विमानस्थल परिसरमा केहि राजावादी स्वागत गर्न पुगेका थिए । 

पूर्वयुवराज्ञी हिमानी पुस २१ गते थाइल्याण्ड गएकी थिइन् । उनी के उद्देश्यले त्यहाँ गएकी हुन् ? पूर्वराजाको सचिवालयले जनाएको छैन । यद्यपी राजनीतिक वृत्तमा हिमानीको बैङ्कक यात्रालाई सामान्य रुपमा हेरिएको छैन ।

यसो त ओलीको पूर्वराजा  निकटस्थहरुसँग भेटघाट भएको भन्दै केहि मिडियामार्फत समाचार प्रकाशित भएको थियो । यसैलाई  संकेत गर्दै ओलीले आफ्नो  उपचारबाहेक अरु कुनै भेटघाट नभएको दाबी गरे । 

‘उपचार गर्न जाँदा  मिडियाले  राजतन्त्र फर्काउनै गयो भनेर समेत लेख्न भ्याएछन्’, ओलीले भने, ‘जनतालाई सुसूचित गर्ने काम मिडियाको हो तर  कथाकारको कमी नभएको देशमा अनेकन कथा बुन्न थालियो । ’
उनले बुमरुङगाड अस्पतालमा स्वास्थ्य परीक्षण गराएको र रिपोर्ट राम्रो आएको पनि जानकारी दिए । ओली गत  पुस २६ गते थाइल्याण्ड प्रस्थान गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप