बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

केपी ओलीले भने– सरकारले तोकेको प्रदेश राजधानी र प्रमुखमा हाम्रो सहमति छैन

बिहीबार, ०४ माघ २०७४, १३ : ४३
बिहीबार, ०४ माघ २०७४

काठमाडौं–एमाले अध्यक्ष  केपी शर्मा ओलीले सरकारले नियुक्त गरेको प्रदेश प्रमुखका साथै प्रदेशको अस्थायी राजधानीबारे वाम गठबन्धनको समर्थन नरहेको बताएका छन् । 

थाइल्याण्डमा स्वास्थ्य उपचार गराएर बिहिबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै  ओलीले सरकारलाई प्रदेश  प्रमुख र अस्थायी राजधानी तोक्ने आफूहरुले सरकारलाई सहमति दिएको भएपनि मनपरी नियुक्ति गरिएको आरोप लगाए । ‘ अहिले तोकिएका प्रदेश र राजधानीको र प्रमुख प्रति हाम्रो सहमति छैन ’, ओलीले भने, ‘ मनपरी ढंगले सरकारले प्रदेश राजधानी र प्रमुख तोक्ने काम गरेको छ ।’


सरकारले ७ प्रदेशमा तोकेको  प्रमुृखको विषमया नयाँ सरकार बनेपछि पुनर्विचार  हुने पनि उनले संकेत गरे ।  उनले भने, ‘हामी  सरकारले तोकिको व्यक्तिबारे बुझ्छौं अहिले नै सबैकुरा भन्न नसकिने भएपनि बुझेर आवश्यक निर्णय गछौं ।’


यस्तै ओलीले  वाम गठबन्धनको पक्षमा जनमत देखिँदा पनि  प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिन  अनेक बहानाबाजी गरिरहेको आरोप लगाए । 
अर्को प्रसंगमा ओलीले आफू  स्वास्थ्य उपचारको लागि गएको भन्दै अनेकन हल्लाको कुनै सत्यता नरहेको दाबी गरे । 
उनले बुमरुङगाड अस्पतालमा स्वास्थ्य परीक्षण गराएको र रिपोर्ट राम्रो आएको पनि जानकारी दिए । 
ओली गत  पुस २६ गते थाइल्याण्ड प्रस्थान गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप