बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ अनिश्चितकालीन बन्दपछि दाङको पछिल्लो अवस्था

बिहीबार, ०४ माघ २०७४, १३ : ४१
बिहीबार, ०४ माघ २०७४

दाङ– सरकारले तोकेको अस्थाई राजधानी अबैज्ञानिक र अव्यवहारिक भएको भन्दै सुरु भएको दाङ बन्दका कारण यहाँको जनजीवन कष्टकर भएको छ । दाङमा अस्थाई राजधानी तोकिनुपर्ने भन्दै माघ २ गतेदेखि सुरु भएको आन्दोलन बिहीबारबाट थप चर्किएको छ । 

सरकारले आफै बनाएको प्राविधिक समितिले तयार पारेको प्रतिवेदनलाई लत्याएर अस्थाई राजधानी तोकेको भन्दै दाङमा क्रियाशील राजनीतिक दल,राजधानी सरोकार समिति, उद्योग बााणिज्य संघ, नागरिक समाज लगायतका सरोकारवाला निकाय सडकमा उत्रिएका छन् । 

आन्दोलनकारीले माघ ३ गतेलाई कालो दिनको रुपमा मनाउनेदेखि घर–घरमा कालोझण्डा गाड्ने जस्ता आन्दोलनका कार्यक्रम तय गरेका छन् ।  बन्द सफल बनाउन आन्दोलनकारीहरुले सडकका चोक–चोकमा जम्मा भएका छन् भने दाङका मुख्य शहर तुलसीपुर, नारायणपुर, घोराही, लमही, भालुबाङ बजार बन्द छन । सवारी आवागमण पूर्ण रुपमा ठप्प छन् । 

दाङ भएर बाहिर जाने र भित्रिने हजारौं यात्रुहरु बीच बाटोमा अलपत्र परेका छन् । कतिपय यात्रुहरु वेखर्ची हुँदै गएका छन् भने सडकहरु सुनसान बनेका छन् ।  बन्दकर्ताहरुले अस्पतालबाहेक सबै सरकारी कार्यालय, होटललगायत पूर्ण रुपमा बजार बन्द गर्ने काम गरेका छन् ।

उनीहरुले एम्बुलेन्समा बिरामी छ– छैन त्यसको एकिन गरेर मात्रै चल्न दिने,अटो,रिक्साहरू समेत सञ्चालनमा रोक लगाएका छन् । यसका साथै आसन्न राष्ट्रियसभाको चुनावलाई प्रभावित पार्ने गरि जिल्लाका सबै जनप्रतिनिधिहरूलाई बन्धक बनाउने, सम्पूर्ण नेता तथा सरकारका प्रतिनिधिहरूलाई जिल्लामा प्रवेश निषेध गर्ने, माघ २४ मा दाङमा हुन लागेको ५ नं प्रदेशको राष्ट्रियसभा चुनाव हुन नदिने,कुनैपनि प्रकारको कर नतिर्ने, राजमार्ग केन्द्रीत आन्दोलनलाई सशक्त बनाउने लगायतका कडा आन्दोलनको स्वरुप तय गरेको दाङ राजधानी सरोकार समितिका सदस्य सचिव सविन प्रियासनले बताएका छन् । बन्दका कारण अपाङ्ग, सुत्केरी महिला, जेष्ठनागरिक लगायत प्रभावित भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप