बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

३ नम्बर प्रदेशको राजधानी हेटौडा तोकिएपछि भक्तपुरमा आन्दोलनको घोषणा

बिहीबार, ०४ माघ २०७४, १३ : १८
बिहीबार, ०४ माघ २०७४

भक्तपुर – सरकारले  ३ नम्बर प्रदेशको अस्थायी मुकाम मकवानपुरको हेटौडालाई तोकेपछि भक्तपुरमा आन्दोलनको घोषणा गरिएको छ । 

मध्यपुर ठिमीको शिक्षा विभागको कार्यालयमा प्रदेश कार्यलय र बोडेस्थित कृषि विकाश बैंकको तालिम केन्द्रको हल संसद भवनको उपयुक्त भन्दै सरकारले तोकेको समितिले सिफारिश गरेको थियो । 
तर बुधबार एकाएक मकवानपुरलाई अस्थायी मुकाम तोकेपछि विहिबार भक्तपुरमा आन्दोलनको घोषणा गरिएको हो । 

जिल्ला समन्वय समिति भक्तपुरको नेतृत्व र मध्यपुरठिमी नगरपालिकाको संयोजनमा जिल्लामा रहेका राजनितिक दल र निर्वाचित जनप्रतिनिधि, सांसद र जनसहभागीतामा चरणवद्ध विरोधको कार्यक्रय गरिने नेकपा एमाले नेता तथा सासंद महेश बस्नेतले बताए । 

विहिबार दिउसोदेखि सानोठिमीमा सहभागी भएर पहिलो चरणको आन्दोलन गरिने र त्यसपछि अन्य कार्यक्रम घोषणा गर्ने जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले जानकारी दिए । 
काम चलाउ सरकारले आफैले बनाएको समितिको निर्णय विरुद्ध प्रदेश मुकाम तोकेकाले सबैले यसको विरोध गर्नु पर्ने नेकपा माओवादी केन्द्र भक्तपुरका संयोजक डिपी ढकालले बताए । 
उता जिल्ला समन्वय समिति भक्तपुरले विज्ञप्ति समेत जारी गरेको छ । 

जिल्ला समनवय समितिद्धारा जारी विज्ञप्तिीमा भनिएको छ ‘निर्वाचित जनप्रतिनिधि, बुद्धिजीवी, सञ्चारकर्मी र नागरिक समाज, उद्योगी र व्यवसायि  समेतको सहभागितामा भएको बृहत छलफलले  ३ नं. प्रदेशको राजधानीको सम्बन्धमा २०७४ माघ ३ गते  मन्त्री परिषदको बैठकले मकवानपुरको हेटौडालाई तोक्ने निर्णयको गरेको सम्बन्धमा उक्त निर्णयण अवैज्ञानिक, अपायक, अव्यवाहरिक भएको भक्तपुरबासीको ठहर छ । ‘


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप