बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कतारमा पाँच नेपालीलाई उत्कृष्ट कामदारको अवार्ड

बिहीबार, ०४ माघ २०७४, १३ : १५
बिहीबार, ०४ माघ २०७४

दोहा–कतारको एक प्रतिष्ठित कम्पनी एबल ईन्टरनेश्नल अन्र्तगत रहेको एरोस (द स्र्पोट्स एण्ड रिकिरियसनल अरगनाईजेशन)ले आफ्नो बार्षिकोत्सव तथा नयाँ बर्षको अवसर पारेर कामदारलाई अवार्ड वितरण गरेको छ । कम्पनीमा कार्यरत हरेक विभागका १ कर्मचारीलाई बर्षभरिको उत्कृष्ट कामदार घोषणा गर्दै नगद पुरस्कारसहित प्रमाणपत्र र ट्रफी प्रदान गरेको हो ।

विभिन्न सात देशका १ हजार ५ सय जनाभन्दा बढी कामदारहरु रहेको उक्त कम्पनीको व्यवस्थापनादेखि कामदारहरुको साझा संस्थाको रुपमा एरोसले काम गर्दै आएको  छ । हरेक बर्षजस्तै यो बर्ष पनि नयाँ बर्ष तथा बार्षिकोत्सव अवसरमा बर्षभरि आफ्ना कामदारले गरेको कामको मुल्याङ्गकन गर्दै अवार्ड दिएको हो ।

अवार्डमा विभागीय कर्मचारी अन्र्तगत पाँच नेपालीसहित २६ जना उत्कृष्ट कामदार घोष्ाित भएका छन् । लेखापालमा तिलकराज पराजुली, सुपरभाईजरमा दिनेश अधिकारी, चालक दलमा प्रकाशबहादुर शाही र रमेश गुरुङ्ग साथै साधारण कामदारमा हेमबहादुर भारतीलाई कम्पनीले बर्षको उत्कृष्ट कामदार घोषणा गरेको थियो । त्यस्तै, मार्केटिङ्गमा मोल्ला, अप्रेसनमा मुन्ताज, ग्यारेजबाट निफाम सहित २६ जना बर्षकै उत्कृष्ट कामदार बने । 

कार्यक्रम  कतारका लागि भारतीय राजदूत पी कुमारनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।  कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत पीले कम्पनीमा कार्यरत कामदारहरुको लागि एरोसले उत्कृष्ट काम गर्दै अरुहरुका लागि एउटा उदाहरण पस्केको बताए ।

उनले भने ‘म यो कार्यक्रममा आउने निर्णय गर्नुभन्दा पहिले ३ दिन सम्म कम्पनी र यो संस्थाको बारेमा बुझ्ने कोशिष गरेको थिए । यसले गरेको कामबाट म आर्कषित भएकै कारण मैले यो कार्यक्रमको निम्तो स्वीकार गरेको हुँ । भोलीका दिनमा पनि कामदार र व्यवस्थापन बीचको घनिष्ट सम्बन्ध बनाउन यो संस्थाले पुलको काम गर्ने विश्वास लिएको छु ।

’ कार्यक्रममा एरोसका अध्यक्ष मुजाब रहमान इके, कम्पनीका स्पोन्सर सईद साद आरएचअल सुबई र प्रबन्धक निदेशक सिद्धिक पुराईल लगायत विशिष्ट पदमा कार्यरत र्कचारी तथा कामदारहरुको उपस्थिति रहेको थियो । नयाँ वर्षको अवसर पारेर विभिन्न खेलकुद कार्यक्रमहरु पनि सम्पन्न भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप