बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

धनकुटाको आन्दोलन उग्र भएपछि निषेधाज्ञा आदेश जारी

बिहीबार, ०४ माघ २०७४, १२ : ५५
बिहीबार, ०४ माघ २०७४

काठमाडौं– धनकुटालाई अस्थायी मुकाम नतोकेको बिरोधमा भएको प्रदर्शन उग्र भएपछि प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । 

आज मध्यान्हबाट धनकुटा बजारक्षेत्रमा निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतिले जानकारी दिए । उनका अनुसार जिरोपईन्ट, बसपार्क, बिहिबारे हटिया, लोकसेवा, आँखा अस्पताल लगायत ठाउँमा निषेधित क्षेत्र घोषणा गरिएको हो ।

निषेधित क्षेत्र घोषणा भएपछि सडकमा हिँडडुल गर्न पाइदैन् । हिँडडुल गरेको भेटिए प्रहरीले पक्राउ गर्न सक्छ । अटेर गरेर प्रदर्शन भएमा प्रहरीले फाईरिङ पनि गर्न सक्ने प्रमुख जिल्ला अधिकारी उप्रेतिले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप