शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

धनकुटाको आन्दोलन उग्र, दुई सरकारी कार्यालय र दर्जनौ सवारी साधन तोडफोड

बिहीबार, ०४ माघ २०७४, १२ : ११
बिहीबार, ०४ माघ २०७४

धनकुटा– धनकुटालाई अस्थायी मुकाम नतोकेको भन्दै विरोधमा प्रदर्शन उग्र बन्दै जान थालेको छ । आन्दोलनकारी र प्रहरीबीच झडप हुनुका साथै सरकारी कार्यालय आगजनी र व्यापक तोडफोड भएको छ । 

आन्दोलनकारीले दुईवटा सरकारी कार्यालयमा आगजनी गरेका छन् । क्षेत्रीय प्रशासन कार्यालय र शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालयमा आगजनी गरेका हुन् ।

बिहीबार बिहानैबाट प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासहित प्रदर्शन गर्दै क्षेत्रिय कार्यालय पुगेका प्रदर्शनकारी त्यसपछि सहरी डिभिजन कार्यलय पुगेका थिए । आन्दोलन अराजकतातर्फ जान थालेपछि

प्रहरीले प्रदर्शनकारीलाई लाठिचार्ज गरको थियो । प्रहरीको लाठिचार्जपछि आक्रोसित प्रदर्शनकारी तोडफोड र आजगनीमा उत्रिएका हुन् ।

धनकुटाको सरस्वती चोक र मदनचोकमा प्रहरी र प्रदर्शनकारीवीच झडप भएको छ । बन्दकर्ता तोडफोडमा उत्रिएपछि सरस्वती चोकमा शसस्त्र प्रहरी र बन्दकर्तावीच झडप भएको प्रहरीले जनाएको छ ।

प्रदर्शनकारीले मदनचोकमा प्रहरीको गाडी नै फुटाएका छन् । प्रहरी प्रमुख सवार ना.१ झ १३१४ नम्बरको गाडी तोडफोड र तीनवटा मोटरसाईकल फुटाएका छन् ।

को.२९ प ३७५४, को.३२ प ४४०० र यलम्बर चोकमा को.१८ प ७३९३ नम्बरको मोटरसाईकल तोडफोड गरिएको हो । बन्दकर्ताहरुले लाठी, मुङ्ग्रासहित सडकमा प्रदर्शन गरिरहेका छन् । आन्दोलन आक्रामक बन्दै गएपछि बजारमा सयौंको संख्यामा शसस्त्र र जनपथ प्रहरी परिचालन गरिएको छ ।

सरकारले बिराटनगरलाई अस्थायी मुकाम तोकेपछि हिजो साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरिएको थियो । राती मसाल जुलुश निकालेर सरकार बिरुद्ध प्रदर्शन गर्दै प्रधानमन्त्रीको राजिनामा माग गरिएको छ ।

प्रादेशिक राजधानीका लागि ३५ दिनयता निरन्तर आन्दोलन गर्दै आएका धनकुटाबासीले अनिश्चितकालिन आमहड्ताल जारी राखेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप