शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धनकुटामा तनाव, प्रदर्शनकारीद्वारा  क्षेत्रीय प्रशासकको कार्यालयमा आगजनी

बिहीबार, ०४ माघ २०७४, ११ : ४२
बिहीबार, ०४ माघ २०७४

विराटनगर–सरकारले प्रदेश १ को अस्थायी राजधानी विराटनगरलाई बनाएउने निर्णय गरेसँगै  धनकुटाको अवस्था तनावग्रस्त बनेको छ ।  धनकुटालाई प्रदेश राजधानी बनाइनु पर्ने माग राख्दै सडकमा निस्किएका प्रदर्शनकारी तोडफोडमा समेत उत्रिएका छन् । 

बिहीबार बिहानैदेखि सडकमा निस्किएका प्रदर्शनकारीले  विभिन्न सरकारी  कार्यालयमा तोडफोड गर्नुका साथै क्षेत्रीय प्रशासको कार्यालयमा आगजनी समेत गरेका छन् ।
प्रदर्शनकारी अराजक बन्दै तोडफोडमा उत्रिएसँगै  नियन्त्रणमा लिन प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप