बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नवराज सिलवाल अमेरिकामा, इन्टरपाेलमार्फत डिफ्युजन नाेटिस  जारी गर्ने तयारी

बिहीबार, ०४ माघ २०७४, ११ : २२
बिहीबार, ०४ माघ २०७४

काठमाडाैं - सरकारी दस्तखत छाप किर्तेमा प्रहरीकाे खाेजीमा  परेका  नेपाल प्रहरीका पूर्वडिअाइजी नवराज सिलवाल परिवारसहित अमेरिका पुगेका छन्। 

प्रहरी प्रधान कार्यालय स्राेतका अनुसार प्रहरीले बयानका लागि खाेजी गरेपछि उनी स्थलमार्गबाट भारत हुँदै अमेरिका गएका हुन्। उच्च स्राेतका अनुसार महानगरीय प्रहरी परिसर काठमाडाैंले उनलाई कार्यालयमा उपस्थित गराउन महानगरीय प्रहरी परिसर ललितपुरलाई पत्र काटेपछि उनी भारतबाट मलेसिया-इन्डाेनेसिया हुँदै अमेरिका पुगेका हुन्।

 उनी अमेरिका पुगेकाे  पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयकाे अपराध अनुसन्धान विभागले इन्टरपाेलमार्फत डिफ्युजन नाेटिस  जारी गर्ने तयारी गरेकाे छ, नागरिक दैनिकमा खबर छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप