मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको निर्णयको विरोध: कपिलवस्तु तीन दिन बन्द

बिहीबार, ०४ माघ २०७४, ०९ : १९
बिहीबार, ०४ माघ २०७४

कपिलवस्तु - बुधवार सरकारले प्रदेश नम्बर ५ को अस्थायी राजधानी रुपन्देही तोकेपछि त्यसको विरोध गर्दै छिमेकी जिल्ला कपिलवस्तुमा पनि आन्दोलन चर्किएको छ ।

प्रदेश नम्बर ५ को राजधानी कपिलवस्तु हुनुपर्ने भन्दै दबाब मुलक आन्दोलन गर्दै आएको कपिलवस्तु युवा संघर्ष समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै सरकारको निर्णयको बिरोध गरेको छ ।

समिति संयोजक रउफ अहमद खाँद्धारा हस्ताक्षरित विज्ञप्तीमा ४ वटा बुद्धले राज्य गरेको कपिलवस्तुलाई उपेक्षा गर्दै सरकारले राजधानी तोकिएकोमा दुख प्रकट गरीएको छ ।

त्यसैको विरोध स्वरुप तीन दिन कपिलवस्तु जिल्ला बन्दको घोषणा गरीएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप