बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश प्रमुखको भविष्य अन्योल: एमाले सचिवको यस्तो टिप्पणी

बिहीबार, ०४ माघ २०७४, ०८ : ५६
बिहीबार, ०४ माघ २०७४

सरकारले पाँच बर्षका लागि प्रदेश प्रमुख तोके पनि उनीहरुले पूरा अवधि काम गर्न नपाउने देखिएको छ ।

आगामी महिना नयाँ सरकार गठन गर्ने तयारीमा रहेका वाम गठबन्धनका नेताले सरकारले बिनासहमति प्रदेश प्रमुख तोकेकाले उनीहरुको भविष्य अन्योल भएको बताएका छन् ।

सरकारले सहमतिको आधारमा प्रदेश म्रमुख नियुक्त नगरेको भन्दै एमाले सचिव प्रदीप ज्ञवालीले भने,

उहाँहरुको भविष्य के हुने भन्ने विषयमा नियुक्ति गर्नेहरुले नै सोच्नुपर्ने हो ।

प्रदेश प्रमुख सरकार र राष्ट्रपतिको प्रतिनिधि हुने हुनाले नयाँ सरकारले त्यसैअनुसार निर्णय गर्नेछ ।

ज्ञवालीले अहिले तोकिएका प्रदेश प्रमुखहरुले नयाँ सरकारको प्रतिनिधित्व गर्न नसक्ने बताए । आजको नागरिक दैनिकमा खबर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप