शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य परीक्षणपछि यस्तो प्रतिवेदन: कहिले फर्कन्छन् ओली ?

बिहीबार, ०४ माघ २०७४, ०७ : ४०
बिहीबार, ०४ माघ २०७४

नियमित स्वास्थ्य परीक्षणको सिलसिलामा गत पुस २६ गते थाइल्यान्डको राजधानी बैंकक गएका एमाले अध्यक्ष केपी ओली स्वास्थ्य परीक्षण सकेर आठ दिनपछि स्वदेश फर्किन लागेका छन् ।

अध्यक्ष ओली बिहीबार (आज) स्वदेश फर्कंदै छन् । आजको नयाँ पत्रिकामा यो खबर छ ।

ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार उनी थाई एअरवेजको विमानबाट अपराह्न साढे १२ बजे काठमाडौं आइपुग्नेछन् ।

बैंककको बुमरुङगार्ड अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणपछि चिकित्सकले ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको प्रतिवेदन दिएको अधिकारीले बताए । 

थाइल्यान्ड प्रस्थान गर्नुअघि २ माघमै स्वदेश फर्कने बताए पनि ओली दुई दिन ढिलो गरी स्वदेश फर्किन लागेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप