मौसमले च्यालेन्ज गर्यो ? मदिरा नपिउनुस्
'आज मौसमले च्यालेन्ज गर्यो' मदिराप्रेमीमाझ प्रचलित यो भनाइले चिसो बढ्दा न्यानोका लागि मदिरा सेवन गर्नुपर्छ भन्ने संकेत गर्छ ।
तर, चिसो मौसममा बढी मदिरा सेवन गर्दा ज्यानै जाने गरेको छ । आजको नागरिक दैनिकमा खबर छापिएको छ ।
चिकित्सकको अनुभवमा विपन्न समुदायमा चिसो हटाउने नाममा बढी मदिरा सेवन गरेर बाहिर सुत्दा धेरैको ज्यान गएको छ ।
मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले चिसोमा मदिराले तत्कालका लागि न्यानो गराए पनि शरीरभित्रको तापक्रम (हिट लस) घटाउने बताए ।
मानिसको शरीरको रगत र भित्री भाग (कोर ट्याम्प्रेचर) तातो हुन्छ । मदिराले रगतमा भएको तातोलाई छालातिर फाल्छ । यसलाई (भ्यासोडाइलेसन) भनिन्छ ।
समान्य अवस्थामा बाहिर चिसो हुँदा शरीरले नशा खुम्च्याएर तातो जोगाउने भएकाले जाडोसँग बढी प्रतिरक्षा गर्न सक्छ ।
शरीरको नशा साँघुरो हुनु भित्री तातो जोगाउनकै लागि हो । चिकित्सकका अनुसार मदिराले तत्कालका लागि रगतको सञ्चालन बढाउने भएकाले रगतका नशा (ब्लड भेइसल) फराकिलो बनाउँछ ।
डा. अनिलका अुसार चिसोमा बढी मदिरा सेवन गर्दा रगतको थेग्ला जमेर तत्काल हृदयघात र मतिष्कघात हुनसक्ने सम्भावना बढी हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा