शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश प्रमुख र अस्थायी केन्द्र तोकिएपछि महराको खुलासा

बुधबार, ०३ माघ २०७४, २१ : ०६
बुधबार, ०३ माघ २०७४

काठमाडौं – माओवादी नेता कष्ण बहादुर महराले प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने आजको मन्त्रिपरिषदको निर्णयपछि नयाँ खुलासा गरेका छन् ।

आज बुधबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै महराले प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने विषयमा अन्र्तराष्ट्रिय चासो रहेकोतर्फ जनाएका छन् । तर, उनले कुन अन्र्तराष्ट्रिय सम्बन्ध भन्ने  खुलाएका छैनन् ।  


नेता महरा  प्रदेश नं. ५ को राजधानी दाङ बनाउने पक्षमा थिए । तर, सरकारले रुपन्देही तोकेपछि उनले  यस्तो विज्ञप्ति जारी गरेका थिए ।

यस्तो छ, विज्ञप्तिको पूर्ण पाठः 
 

                                                           प्रेस वक्तव्य


आज नेपाल सरकारले प्रदेशहरुको अस्थायी राजधानी तोकेको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । देशका विभिन्न भागहरुमा प्रदेश राजधानीको विषयलाई लिएर भइरहेको सशक्त विरोध प्रदर्शन र कार्यक्रमको सन्दर्भमा सरकारले कतिपय प्रदेशका अस्थायी राजधानी विवेकसम्मत र सन्तुलित रुपमा तोक्न नसक्नु सरकारको असक्षमता पुष्टि भएको छ । 


प्रशासन पुनःसंरचना आयोगको सिफारिस, कतिपय सरकारी उच्च निकाय र राष्ट्रिय–अन्तर्राष्ट्रिय सुझाव र सल्लाहलाई समेत लत्याउँदै गरिएको सरकारको यो निर्णय मनोमानी र स्वार्थप्रेरित हुन पुगेको छ । देउवा सरकारको यो असन्तुलित, अविवेकी, अदूरदर्शी, असंवेदनशील र असक्षम निर्णय हो । म यो निर्णयको विरोध र घोर भत्र्सना गर्दछु । यसबाट देउवाको उत्पीडित क्षेत्रको सन्तुलित विकास गर्ने खोक्रो आदर्श उदाङ्गिएको छ र यो निर्णय उत्पीडकहरुको स्वार्थद्वारा प्रेरित भएको पुष्टि हुन्छ ।


५ नम्बर प्रदेशको राजधानी दाङ सुरक्षित, समदूरी र पूर्वाधारसहित पर्याप्त स्थान भएकाले उचित र सन्तुुलित हुनुपर्दछ भनी त्यस क्षेत्रका जनसमुदायले गरिरहेको आन्दोलनको म दृढतापूर्वक समर्थन गर्दछु र सरकारलाई तुरुन्त निर्णय सच्याउन अनुरोध गर्दछु । 
३ माघ, २०७४

.....................
कृष्णबहादुर महरा
प्रतिनिधि सभा सदस्य
दाङ क्षेत्र नं. २
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप