मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कोका–कोला  मोहोत्सव ममको साथमा, मनपर्ने सेलिब्रेटीसँग भेट्ने मौका

बुधबार, ०३ माघ २०७४, २० : ३०
बुधबार, ०३ माघ २०७४

काठमाडौं – कोका–कोला महोत्सव यस वर्र्ष पूर्णत नयाँ रुपमा उपभोक्तासामु आएको छ । उपभोक्ताले बिभिन्न प्रकारको तातो–तातो मःमसँग चिसो कोका–कोलाको मज्जा लिन सक्नेछन् ।

कोका–कोला र खानाको विश्वव्यापी परम्परा रहेको तथा लाखौं उपभोक्ताहरुको दैनिक मनपर्ने कम्बो भोजन पनि भएको कम्पनीको दावी छ । विश्वभर, रिफ्रेशिङ्ग कोका–कोलाका साथमा मानिसहरु विभिन्न प्रकारका खानाहरुको आनन्द लिन्छन् । 

नेपालमा पनि त्यहि विश्वव्यापी परम्परालाई स्थानीय निरन्तरता  दिँदै, कोका–कोलाले नेपालका प्रमुख रेष्टुरेन्टहरुका चेन तथा भोजनालयहरुसँगको सहकार्यमा तेस्रो ‘कोका–कोला मोःमोत्सव’ आयोजना गरेको छ । मःम अभियानले कोका–कोलाका साथमा मःमहरुको विभिन्न प्रकारको स्वाद लिन सकिने र आफ्नो अनुभवलाई अझै उत्कृष्ट बनाउने अवसर प्रदान कम्पनीले जनाएको छ ।

महोत्सवमा साहभागी रहेका चर्चित कलाकार तथा खानाका पारखी नायिका प्रियंका कार्कीका साथै स्वस्तिमा खड्का र बर्षा सिवाकोटी विभिन्न आउटलेटहरुको भ्रमण गर्ने जनाएको छ । उपत्यका बाहिर पोखरा र भरतपुरमासमेत उनिहरुको उपस्थिति रहनेछ । उत्सवलाई रंगिन र शानदार बनाउन  सहभागी कलाकारहरुले आस्र्चयजनक रुपमा विभिन्न कलेजहरुमा समेत भ्रमण गर्न सक्नेछन् । यो अभियानले उपभोक्तालाई आफ्नो मनपर्ने कलाकारसँग भेट्ने र बसेर कोक र मःम खाने अवसर समेत प्रदान गर्ने जनाइएको छ ।  


उत्समा सहभागी हुनका लागि कोका–कोला र मःमसंग आफ्नो सेल्फि खिचि‘#cokeandmomo2018 का साथ @CocaColaNepal  Tag गरी आफ्ना पोस्टहरु पब्लिक गर्नुपर्ने हुन्छ । हरेक हफ्ता भाग्येशाली बिजेताहरुले देशभरि रहेको आउटलेटहरुमा कोक र मःमको कम्बो कुपन जित्न सक्नेछन् ।  


अभियान अन्र्तगत उपभोक्ताले देशभरीका  विभिन्न आउटलेटहरुमा कोका कोला र मःम अर्डर गर्दा विशेष कम्बो छुट पाउने छन् । उक्त आउटलेटका नाम थाहा पाउन राष्ट्रिय दैनिक पत्रिका र आउटलेट बाहिर राखिने व्यानरहरु हेर्नु पर्ने कम्पनीले जनाएको छ । 


 मोःमोत्सव शुभारम्भको अबरसरमा कोका–कोलाका कन्ट्रि डाईरेक्टर अम्बुज सिंहले भने, ‘ कोकाकोला मोः मोत्सवले तेस्रो बर्षमा प्रबेश गरेको छ । नेपालमा कोक र मःम ग्राहकहरुको लोकप्रिय कम्बो भैसकेको छ । हामी गर्व गछाँै कि हामीले नेपालीको मनपर्ने खानासँग जोडिएर देशैभरी मोःमोउत्सव मनाउन गइरहेका छौं ।’

उक्त अबसरमा बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्शनेले भने, ‘कोकाकोला सधै खानासँग जोडिएको छ । खानसंग कोक भएपछि स्वाद त झनै उत्कृस्ट हुन्छ र नेपालमा  विभिन्न परिकारका मःमसंग कोका–कोलाको साथले त झन् माहौललाई  उत्सवमय बनाउंदै आएको छ । उपभोक्ताले कोकको स्वादसँगै आफुलाई मनपरेको बिभिन्न मःमको परिकार खाएको देख्दा निकै उत्साहित हुन्छु ।’

मोःमोत्सव काठमाडौं उपत्यका, पोखरा, चितवन, धरान, इटहरी र बिराटनगरका विभिन्न रेष्टुरेन्टहरु तथा भोजनालयहरुमा आयोजना हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप