शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कृषि विकास बैंकले २० प्रतिशत बोनस शेयर दिने

बुधबार, ०३ माघ २०७४, २० : ०५
बुधबार, ०३ माघ २०७४

काठमाडौँ – कृषि विकास बैंक लिमिटेडले आव २०७३/ ७४ को लाभांशबाट २० प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ । 

बैंकले आर्थिक वर्ष २०७३/ ७४ मा रु ९९ अर्ब ९२ करोड निक्षेप संकलन गरेको छ । 

बैंकद्वारा यहाँ आज आयोजित पत्रकार भेटघाटमा बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले आव २०७२/ ७३ मा भन्दा यस वर्ष १५ प्रतिशतले निक्षेप संकलन वृद्धि भएको जानकारी दिए ।

बैंकले आव २०७३/ ७४ मा रु एक खर्ब नौं अर्ब २२ करोड कर्जा प्रवाह गरेको छ जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढी हो । बैंकको चुक्ता पूँजी रु सात अर्ब आठ करोड ७६ लाख ८० हजार रहेको छ ।
     
प्रमुख कार्यकारी अधिकृत सिटौलाले आधुनिक प्रविधिका साथ बैंकलाई अगाडि बढाएर लैजाने प्रतिवद्धता व्यक्त गर्दै छिट्टै इन्टरनेट बैंकिङ सेवामा जाने तयारी भइरहेको जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप