बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको अस्थायी राजधानी तोक्ने निर्णयलगत्तै एमाले उपाध्यक्ष रावलले दिए यस्तो प्रतिक्रिया

बुधबार, ०३ माघ २०७४, १९ : १७
बुधबार, ०३ माघ २०७४

धनगढी– नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा सात नम्बर प्रदेश संयोजक भीम रावलले अहिले तोकिएका अस्थायी मुकामलाई लिएर उत्तेजित नहुन आग्रह गरेका छन् ।  अस्थायी रानधानी तोक्ने सरकारको निर्णयलगत्तै बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले सो आग्रह गरेका हुन् ।

सरकारले आफ्नो अधिकार प्रयोग गरेर अस्थायी मुकाम र प्रदेश प्रमुख तोकेको बताउँदै उनले प्रदेशको राजधानीका विषयमा प्रदेशसभाको निर्णय पर्खिन आग्रह गरे । 

‘कहाँ राजधानी तोक्ने प्रदेशसभासँग अधिकार छ, प्रदेशसभाको दुई तिहाइ वहुमतले त्यो निर्णय लिन्छ’ उनले भने, ‘विकास र समृद्धि ल्याउन जहाँ सजिलो हुने ठहर हुन्छ, त्यही प्रदेशसभाले राजधानी तोक्नेछ ।’ 

प्रधानमन्त्री शेरबहादुर देउवाले कैलाली आएरै सरकार कसलाई छाड्ने भनेको प्रसंगको खुलासा गर्दै उनले भने–‘संसारभर चुनावी गठवन्धन हुन्छन् ,जसले जित्छ त्यसैले सत्ता सुम्पिने हो, प्रधानमन्त्री राजनीतिशास्त्रको विद्यार्थी पनि हो, मैले उहाँलाई सम्झाउनु नपर्ने हो ।’ नेता रावलले प्रधानमन्त्री देउवा ०४६ सालको जनआन्दोलनका वेला बेलायत रहेकोले पनि राजनीतिशास्त्रका धेरै सिद्धान्त बिर्सिंएको हुनसक्ने चर्चा गरे ।

उनले सरकार बन्ने अवस्था आउने वित्तिकै बामगठन्धनले तुरुन्तै प्रधानमन्त्रीबारे निर्णय लिने ठोकुवा समेत गरे । रावलले दुई पार्टीले बनाएको कार्यदलले त्यस सम्वन्धमा निर्णय लिने बताए ।  नेता रावल एमाले प्रदेश नम्बर सातको वैठकका लागि धनगढी आएका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप