शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मुस्लिम विद्यार्थीहरु उर्दु अरबी परिक्षा फर्म भर्नबाट बञ्चित

बुधबार, ०३ माघ २०७४, १९ : १४
बुधबार, ०३ माघ २०७४

परासी – मुस्लिम विद्यार्थीहरु भारतको मदरसा बोर्डमा उर्दु अरबीको परिक्षा फर्म भर्नबाट बन्चित भएका छन् । 

नेपालमा उर्दु अरबीको उच्च शिक्षाको व्यवस्था नभएकाले नेपाल भरिबाट १० हजार भन्दा बढि मुस्लिम विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्न भारत जाने गर्दछन् । 

नेपालको विभिन्न जिल्लाबाट कक्षा १० देखि स्नाकोत्तर सम्मको उर्दु अरबी शिक्षा हासिल गर्न भारत गएका विद्यार्थीहरुलाई मदरसामा अध्यापनपछि मदरसा बोर्डबाट पाउने मार्कसिटका लागि मदरसाबोर्डको रजिष्टरारले यस वर्षदेखि आधार कार्ड नभएकाले फर्म भर्न नपाउने निर्णय गरेको छ । उक्त निर्णयले हजारांै विद्यार्थीहरु परिक्षा फर्म भर्नबाट बन्चित भएका हुन् ।

विगतका वर्षहरुमा उर्दु अरबीको उच्च शिक्षा हासिल गर्न भारत गएका ती विद्यार्थीहरु मदरसा बोर्डबाट परिक्षा दिई आफूले अध्ययन गरेको कक्षाको मार्कसिट हासिल गरिरहेका थिए  । तर, यसवर्ष उत्तर प्रदेशले युपि मदरसा बोर्ड लखनउको परिक्षा फर्म भर्न सबै विद्यार्थीहरुलाई आधार कार्ड अनिवार्य गरेपछि नवलपरासी र नेपाली भरिका मुस्लिम विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको हो ।

यहि जनवरी महिनामा १० दिनका लागि खुलाइएको परिक्षा फर्म भारतीय विद्यार्थीहरुले आधार कार्ड पेश गरि आफ्नो फर्म भरिरहँदा यता नेपाली विद्यार्थीहरुले पनि आफनो पहिचान नेपाली नागरिकता पेश गर्दा सो मदरसाबोर्डले नमानेपछि ती विद्यार्थीहरुको भविष्य अन्यौलनमा परेको फैजाने अहले बैत संस्थाका अध्यक्ष सैयद गुलाम हुसैनले बताए ।

नवलपरासीमा उर्दु अरबी शिक्षा हासिल गर्ने २ हजार भन्दा बढि विद्यार्थीहरु रहेका छन् । नेपालमा सरकारले उर्दु शिक्षाका लागि मदरसाहरुमा (विद्यालय) कक्षा ५ सम्मको पठन पाठन गराउने अनुमति मात्र दिएकाले उच्च उर्दु शिक्षा (उर्दु धार्मिक) हासिल गर्न नेपाली मदरसाका विद्यार्थीहरु भारतको विभिन्न मदरसाहरुमा जाने गरेका छन् । 

भारतले मदरसाहरुमा उर्दु अरबी शिक्षाको कक्षा १० का लागि मौलवी, प्लस टुका लागि आलिम, बैचलका लागि कामिल मास्टर डिग्रीका लागि फाजिल कोर्षहरुको पढाइ गरि मार्कसिट दिने गरेको छ ।

ईस्लाम धर्मको धार्मिक पढाई अन्तर्गत उर्दु अरबी शिक्षा हासिल गर्न नेपालबाट १० हजार भन्दा बढि विद्यार्थीहरु भारतमा गएको मदरसा ईस्लामिया संघ नवलपरासीले जनाएको छ । मदरसामा पढन गएका ति विद्यार्थीहरुले आफु पढेको कक्षाको परिक्षा फर्म भर्न नपाउँदा अत्यन्तै दुखी बनेकोे तन्जिमुल ओल्मा युनियनका अधयक्ष उमर निजामीले बताए । 

एक त भारतबाट हासिल गरेको उर्दु अरबी मार्कसिटको नेपाल सरकारले मान्यता नदिने अर्काेतर्फ नेपालमा उर्दुको उच्च शिक्षाको कुनै व्यवस्था नहुने समस्याले मुस्लिम समुदायका विद्यार्थी समस्यामा परेको विद्यार्थी ताजुद्दिन अंसारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप