बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योति लाईफ इन्स्योरेन्सको ४ महिनामा ४५ शाखा विस्तार

बुधबार, ०३ माघ २०७४, १८ : ५४
बुधबार, ०३ माघ २०७४

काठमाडौं – जीवन वीमा योजना तथा सेवामा सर्वसाधारणको पहुँच सहज बनाउन ज्योति लाईफ इन्स्योरेन्सले शाखा संजाल विस्तारलाई तिव्रता दिएको पाइन्छ ।  इन्स्योरेन्सले ४ महिनामा ४५ शाखा विस्तार गरेर छोटो समयमै लोकप्रियता हासिल गरेको छ । 

देशको सातै प्रदेश अन्तर्गत विभिन्न स्थानमा यस अघि ३३ वटा शाखा÷उपशाखाबाट सेवा प्रदान गरिरहेको यस ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शाखा विस्तारको क्रममा बारा जिल्लाको कलैया र सिमरा–जीतपुर, पर्साका पोखरिया, महोत्तरीको बर्दीबास, उदयपुरको गाइघाट, सिराहाको लाहान, कैलालीको धनगढी र सुखड, कञ्चनपुरको पुनर्वास, बर्दियाको राजापुर, झापाको भद्रपुर तथा काठमाडौंको रविभवनमा गरी १२ स्थानबाट सेवा शुभारम्भ गरेको छ ।

 
शाखा संजाल विस्तार संगसंगै कम्पनीले वीमाको सचेतना अभिवृद्धी कार्यक्रम, नयाँ नयाँ जीवन वीमा योजना, उच्चस्तरिय प्रविधिको प्रयोग मार्फत ग्राहक सेवालाइ प्रभावकारी बनाउँदै नेपालको वीमा बजारको विकास तथा विस्तारमा विशेष दिईने कम्पनीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप