शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘सिंगापुरको पानी जहाजमा काम मिलाइदिन्छु’ भन्दै ठग्ने लोहनी प्रहरी फन्दामा

बुधबार, ०३ माघ २०७४, १८ : २८
बुधबार, ०३ माघ २०७४

काठमाडौं–सिंगापुर,पोर्चुगल, फ्रान्स तथा माल्टामा बैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै लाखौं ठग्दै आएका पारस लोहनीलाई प्रहरीले पक्राउ गरेको छ । बुधवार महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले नुवाकोट थानापति गाउँपालिका–९  स्थायी घर भएका लोहनीलाई काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।
‘वैदेशिक रोजगारी लगायतका ठगीमा पारस लोहनीको संलग्नता देखिन्छ’ महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले भने, ‘पिडीतहरुको उजुरी परेसँगै नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेका छौं ।’

हाल ललितपुर–१४ महालक्ष्मीस्थान बस्दै आएका ३९ बर्षीय लोहनी लामो समयदेखि ठगी कर्ममा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । सिंगापुर, पोर्चुगल फ्रान्स तथा माल्टामा जस्ता मुलुकमा पठाउने भनेर आईएमई मार्फत पैसा लिने लोहनीले पासपोर्ट समेत लिने गरेका थिए ।

अपराध महाशाखाका अनुसार लोहनीले बुद्धिराज गुरुङ समेत ९ जनाको ४८ लाख, युवराज भट्टराईबाट ११ लाख ६० हजार ठगी गरेका छन् । भट्टराईसँग भने उनले श्रमको कागज गरिदिएको बताइएको छ ।

त्यस्तै,हेम्जोङ गुरुङबाट १२ लाख ५० हजार तथा महेन्द्र शेरचनबाट १४ लाख ठगेको महाशाखाले जनाएको छ ।  महेन्द्र शेरचनलाई उनले १४ लाखको चेक दिएपनी बाउन्स भएको पाइएको छ ।

वैदेशिक रोजगारीमा सिंगापुको पानी जहाँजमा काम मिलाइदिन्छु’ भन्दै लाखौं ठग्दै आएका लोहनीले धेरैको पासपोर्ट लिएको तिमध्ये केहीको मात्र फिर्ता गरेको, केहीलाई बाउन्स चेक दिएको महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप