शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकद्धारा फरक क्षमता भएका विद्यार्थीलाई ज्याकेट वितरण

बुधबार, ०३ माघ २०७४, १८ : २५
बुधबार, ०३ माघ २०७४

काठमाडौं – ग्लोबल आइएमई बंैकले आफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा पर्वत जिल्लाको कुस्मामा रहेको शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन तथा फरक क्षमता भएका विद्यार्थीहरुलाई ज्याकेट वितरण गरेको छ । 


बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त विद्यालयमा अध्ययनरत पारिवारिक आर्थिक अवस्था अत्यन्त कमजोर रहेका ३५ जना दृष्टि विहिन तथा फरक क्षमता भएका विद्यार्थीहरुहरुलाई बैंकको लागो अंकित ज्याकेट वितरण गरेको हो । 


ग्लोबल आइएमई बैंकले बिशुद्ध बैंकिङ्ग सेवा मात्र नभएर स्थापना कालदेखि नै आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न क्षेत्रहरु जस्तै मुलुकमा आइपर्ने प्राकृतिक विपत्तिहरु बाढी पहिरो, भुँईचालो लगायतका अन्य सामाजिक कार्यहरुमा पनि सदैव अग्रसर रहदै आएको जनाएको छ । 

एघारौँ वार्षिकोत्सव विभिन्न ११ वटा कार्यक्रमको आयोजना गर्ने क्रममा बैंकले यसअघि समाजिक उत्तरदायित्व अन्र्तगत नै रक्तदान कार्यक्रम तथा निः शुल्क मधुमेह परिक्षण, वित्तिय साक्षरताको लागि प्रभातफेरि लगायत कार्यक्रम पुरा गरिसकेको छ । 
 
२०६३ पौष १८ गतेबाट संचालनमा आएको ग्लोबल आइएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको बैंकको दावी छ । स्थापनाको एक दशकमा बैंक ‘बैंक अफ द इयर’ तथा ‘बेष्ट इन्टरनेट बैंकिङ्ग अर्वाड’बाटसमेत सम्मानित भईसकेको छ । 

१ सय १३ शाखा, १ सय २७ एटिएम, ४ बटा एक्टेन्सन काउण्टर, ५९ शाखारहित बैंकिङ्ग सेवा रहेको ग्लोबल आइएमई बैंकले  ८ लाख भन्दा बढि ग्राहकलाई सेवा दिदै आइरहेको छ । त्यस्तै, बैंकले अत्याधुनिक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा युके,  अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, जापान, कतार, युएई, बहराइनलगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दे आइरहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप