शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको निर्णयमा मधेशवादी दलको आयो यस्तो प्रतिक्रिया

बुधबार, ०३ माघ २०७४, १८ : २२
बुधबार, ०३ माघ २०७४

काठमाडौ–सरकारले आज प्रदेशको अस्थायी राजधानी तोक्नुका साथै प्रदेश प्रमुख पनि नियुक्त गरेको छ । सरकारको यो निर्णयलाई मधेशवादी दलहरुले ‘सरकारको दायित्व’ भएको प्रतिकृया दिएका छन् ।

सरकारको निर्णबारे प्रतिक्रिया दिँदै राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाले भने, सरकारले आफ्नो ड्युटी पूरा गरेको छ, यसमा पार्टीको कुनै कमेन्ट छैन ।’

प्रदेशसभा गठन भएपछि फेरि आफ्नै तरिकाले राजधानी तोक्ने कुरा हुन्छनै त्यसैले अहिले नै यसमा टिप्पणी गर्न नहुने उनले बताए ।  संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पनि सरकारले गर्नुपर्ने काम गरेकोले यसमा पार्टीको गुनासो वा समर्थन केही पनि नरहेको प्रतिकृया दिए ।

सरकारले आफ्नो जिम्मेवारी पुरा गरेको छ, त्यसले आफ्नो ड्युटी पुरा गरेको छ, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप