बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बुधबार, ०३ माघ २०७४, १६ : २९
बुधबार, ०३ माघ २०७४

दमक– टिपरको ठक्करबाट आज दिउँसो झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडकखण्डमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।  को१ख ५२२३ नं टिपरले मे९प २२९१ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका–६ बस्ने १८ वर्षीय सौरभ ताजपुरिया गम्भीर घाइते भएपछि स्थानीय लाइफलाइन अस्पतालमा उपचार गर्ने क्रममा उनको मृत्यु भएको दमक इलाका प्रहरी कार्यालयले जनाएको छ । 

दर्घटनालगत्तै टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको प्रहरी प्रमुख दीपक गिरीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप