शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले सांसद रविन्द्र अधिकारी सम्मानित

बुधबार, ०३ माघ २०७४, १६ : १३
बुधबार, ०३ माघ २०७४

पोखरा– पोखरा लेखनाथ महानगरपालिका– १७ स्थित राम मन्दिर सञ्चालक समितिले कास्की निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद रवीन्द्र अधिकारीलाई आज यहाँ एक समारोहका बीच सम्मान गरेको छ । 

मन्दिर हातामा नवनिर्मित सभा हलमा आयोजित कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष लिलाभक्त आचार्यले नवनिर्वाचित सांसद अधिकारीलाई फूलमाला र दोसल्लासहित सम्मान गरेका हुन् । 

कार्यक्रमा बोल्दै सांसद अधिकारीले यस क्षेत्रका धार्मिक क्षेत्रलाई जोडेर आन्तरिक एवं बाह्य पर्यटक प्रबद्र्धनमा जोड दिनुपर्ने बताए । धार्मिक क्षेत्रको आम्दानी तथा विकास निर्माणमा विनियोजित बजेटको सही सदुपयोग हुनुपर्ने बताउँदै उनले पोखरा र यस क्षेत्रमा रहेका धार्मिक धरोहरको संरक्षण र विकास निर्माणका लागि बृहत् गुरुयोजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए। 

पोखराको दक्षिणी भेगस्थित फुस्रेखोलामाथि दम्सादीमा निर्माण गरिने पक्की पुल मुलुककै १० मध्ये एक नमूना पुल भएको बताउँदै उनले भने– “पुल निर्माणसँगै वडा नं ३३ र २१ साथै छिमेकी जिल्ला तनहुँ, स्याङ्जाका नागरिकलाई आवतजावतमा प्रत्यक्ष सुविधा पुग्नेछ ।”  पोखरा लेखनाथ–१७ का वडाध्यक्ष तीर्थ अधिकारीले महानगरपालिकाले ढल व्यवस्थापनको लागि रु ५० लाख बजेट विनियोजन गरिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप